close

महिलालाई फकाएर अश्लील भिडिओ खिची ब्ल्याकमेल गरेको आरोपमा एक जना पक्राउ

टेकपाना टेकपाना

पुस २१, २०७९ २१:३४

महिलालाई फकाएर अश्लील भिडिओ खिची ब्ल्याकमेल गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । महिलाको अश्लील भिडिओ बनाई ब्ल्याकमेल गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दार्चुला लेकम गाउँपालिका-१ बस्ने ३५ वर्षीय पदमराज भट्ट रहेका छन् । भट्टलाई जिल्ला प्रहरी कार्यालय कैलाली तथा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार भट्ट आफूलाई विभिन्न बैंक तथा वित्तीय संस्थाको व्यक्ति भन्दै महिलालाई प्रलोभनमा पारी अश्लील भिडिओ बनाउँथे । त्यही अश्लील भिडिओको आधारमा उनी महिलाहरूलाई ब्ल्याकमेल गर्थे ।

आरोपित भट्टले कैलाली तथा कञ्चनपुर जिल्लाका स्थानीयलाई ठगी गर्दै आएकाे प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट  खुलेकाे छ ।

"भट्ट महिलाहरुलाई ललाईफकाई गरी उनीहरूको अश्लील भिडिओ पोष्ट गरिदिने धम्की दिँदै ठगीमा संलग्न थिए," जिल्ला प्रहरी कार्यालय कैलालीले विज्ञप्तिमा लेखेको छ, "साथै निज व्यक्तिबाट ठगी भई पीडित भएका व्यक्तिहरूले प्रमाण सहितको जाहेरी दरखास्त लिई यस कार्यालय सम्पर्क गर्न आउन हुन समेत अनुरोध गर्दछौं ।"



 

पछिल्लो अध्यावधिक: पुस २१, २०७९ २१:३४