close

एन्ड्रोइडका लागि दुईतर्फी स्याटलाइट मेसेजिङ सेवा ल्याउँदै क्वालकम

टेकपाना टेकपाना

पुस २२, २०७९ ९:२४

एन्ड्रोइडका लागि दुईतर्फी स्याटलाइट मेसेजिङ सेवा ल्याउँदै क्वालकम

काठमाडौं । क्वालकमले एन्ड्रोइड डिभाइसहरुको लागि स्न्यापड्रागन स्याटलाइट उपलब्ध गराउने भएको छ । पछिल्लो समयमा मोबाइलमा स्याटलाइट सेवा उपलब्ध गराउनको लागि मोबाइल निर्माता कम्पनीहरू लागि परेका छन् । 

यसबीच एप्पलले आईफोन फोर्टिनबाट स्याटलाइट सेवाको सुरुवात पनि गरिसकेको छ । यद्यपि यो सेवा एकतर्फी छ र आकस्मिक अवस्थामा मात्र प्रयोग गर्न सकिनेछ । तर क्वालकमले भने दुईतर्फी मेसेज पठाउन सकिने गरी एन्ड्रोइडको लागि स्याटलाइट सेवा सुरु गर्ने घोषणा गरेको छ । 

कम्पनीले एन्ड्रोइड स्मार्टफोनका लागि दुईतर्फी मेसेज पठाउन सकिने गरि स्याटलाइट सेवा उपलब्ध गराउने तयारी भइरहेको बताएको छ । साथै यो सेवाले आकस्मिक समयमा मात्र नभइ अन्य अवस्थामा पनि काम गर्ने कम्पनीको भनाइ छ । यसले मोबाइलको डाइरेक्ट एसएमएस सेवासँगै अन्य मेसेजिङ एपमा पनि काम गर्ने कम्पनीले जनाएको छ ।  

कम्पनीले पृथ्वीको तल्लो कक्षमा ६६ ओटा स्याटलाइट सञ्चालन गरिरहेको कम्पनी इडिरियमसँगको सहकार्यमा यो सेवा उपलब्ध गराउन लागेको हो । 

यो सेवा स्न्यापड्रागन ८ जेन २ चिपसेट प्रयोग भएका एन्ड्रोइड डिभाइसहरूमा पहिले उपलब्ध गराउने कम्पनीले जनाएको छ । स्मार्टफोनबाट सुरु गरेर यो सेवा चाँडै नै ल्यापटप, ट्याबलेट लगायत सवारीमा पनि उपलब्ध गराउने कम्पनीको योजना छ । 
  

पछिल्लो अध्यावधिक: पुस २२, २०७९ ११:४०