close

सोनी र होन्डाको सहकार्यमा नयाँ विद्युतीय कार 'अफिला' सार्वजनिक

टेकपाना टेकपाना

पुस २२, २०७९ १०:२६

सोनी र होन्डाको सहकार्यमा नयाँ विद्युतीय कार 'अफिला' सार्वजनिक

काठमाडौं । सोनी र होन्डाको सहकार्यमा तयार हुने भनिएको विद्युतीय कारको नाम सार्वजनिक भएको छ । गत हप्ता अमेरिकाको लास भेगसमा सम्पन्न भएको सीईएस कार्यक्रममा कम्पनीले यो विद्युतीय कारको नाम सार्वजनिक गरेको हो । सन् २०२६ सम्ममा बिक्री सुरु हुने भनिएको यो कारलाई 'अफिला' नाम दिइएको छ । 

यो कारमा सोनीले तयार गरेको एआई, मनोरञ्जनका माध्यम, भर्चुअल रियालिटि र अग्मेन्टेड रियालिटि प्रयोग हुने बताइएको छ । 

यो कार मानिसको लागि अन्तर्क्रियात्मक रहने कम्पनीको भनाई छ । एउटा निर्जीव कारले मानिसको कुरा कसरी बुझ्छ भन्ने कुराको यो कार उदाहरण हुने होन्डा र सोनीको दाबी छ । 

यसमा क्यामेरा, रडार, अल्ट्रासोनिक, लगायत अन्य ४० सेन्सरहरू प्रयोग हुने बताइएको छ । यो कारको विषयमा अन्य विवरणहरू आउन बाँकी नै छ ।  

पछिल्लो अध्यावधिक: पुस २२, २०७९ १०:२८