close

एन्ड्रोइड १४ सार्वजनिक हुँदै, यी फोनले पाउनेछन् अपडेट

टेकपाना टेकपाना

पुस २३, २०७९ १०:२६

एन्ड्रोइड १४ सार्वजनिक हुँदै, यी फोनले पाउनेछन् अपडेट

काठमाडौं । गुगलको मोबाइल अपरेटिङ सिस्टम एन्ड्रोइडको १४औं संस्करण सार्वजनिक हुने चरणमा छ । कम्पनीले हाल एन्ड्रोइडकाे याे संस्करणकाे आन्तरिक परीक्षण गरिरहेको छ । आज हामी एन्ड्रोइड १४ कहिले सार्वजनिक हुन्छ ? कुन फोनले सबैभन्दा पहिले यो अपडेट पाउँछन् भन्ने विषयमा जानकारी दिँदैछौं ।

कहिले सार्वजनिक होला एन्ड्रोइड १४ ?

हालसम्म एन्ड्रोइड १४ को कुनै पनि भर्सन सार्वजनिक भएको छैन । तर, गुगलको आन्तरिक रणनीतिलाई आधार बनाउने हो भने उक्त अपडेट कहिले उपलब्ध हुन्छ भन्ने अनुमान गर्न सकिन्छ ।

पहिलाे चरणमा डेभलपरका लागि यो अपडेट फेब्रुअरी २०२३ मा सार्वजनिक हुने अपेक्षा गरिएको छ । गुगलले आयोजना गर्ने ठूलो कार्यक्रम गुगल आई/ओमा उक्त अपडेट बेटा भर्सनमा एन्ड्राेइड १४ सार्वजनिक हुने बताइएको छ । यसको अर्थ मे २०२३ मा बेटा भर्सन सार्वजनिक हुनेछ ।

कुन डिभाइसले सबैभन्दा पहिले एन्ड्रोइड १४ अपडेट पाउँछन् ?

एन्ड्रोइडद्वारा सञ्चालित कुन स्मार्टफोन, ट्याब्लेट वा अन्य डिभाइसले एन्ड्रोइड १४ अपडेट आउँछ भन्ने कुरा यत्तिकै भन्न सकिने अवस्था छैन । पिक्सेल र केही फ्ल्यागशिप फोनमा यो अपडेट सपोर्ट हुने अनुमान गर्न सकिन्छ ।

यी फोनमा भने कम्पनीले एन्ड्रोइड सपोर्ट हुने उल्लेख गरेको छ ।

-  गुगल पिक्सेल फोर ए

-  गुगल पिक्सेल फाइभ

-  गुगल पिक्सेल फाइभ ए

-  गुगल पिक्सेल सिक्स

-  गुगल पिक्सेल सिक्स प्रो

-  गुगल पिक्सेल सिक्स ए

-  गुगल पिक्सेल सेभेन

-  गुगल पिक्सेल सेभेन प्रो  

 

पछिल्लो अध्यावधिक: पुस २३, २०७९ १४:४७