close

पब्जी विश्वकपमा नेपाली टिमलाई प्रोत्साहन गर्न जकार्ता पुगे बालेन

टेकपाना टेकपाना

पुस २३, २०७९ ११:५०

पब्जी विश्वकपमा नेपाली टिमलाई प्रोत्साहन गर्न जकार्ता पुगे बालेन

काठमाडौं । शुक्रबारदेअि सुरु भएको पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिपकाे फाइनल चरणमा दुई नेपाली टिमले प्रतिस्पर्धा गरिरहेका छन् । नेपाली टिमलाई प्रोत्साहन गर्न काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह आफ्नो पत्नीसहित इन्डोनेसियाको जकार्ता पुगेका छन् ।

पछिल्लो समयमा ई-स्पोर्टसलाई राज्यस्तरबाटै प्रोत्साहन गर्नुपर्ने अभिव्यक्ति दिँदै आएका बालेनको मेयर भएपछिको यो पहिलो वैदेशिक भ्रमण हो । यद्यपि यो भ्रमण व्यक्तिगत भएको जनाइएको छ । नेपालबाट पीएमजीसीको फाइनलमा डीआरएस गेमिङ र ट्रेन्ड टु किल टिमले सहभागिता जनाएका छन् । 

यो प्रतियोगिताको फाइनल चरणको लागि १५ लाख अमेरिकी डलर (करिब २० करोड नेपाली रुपैयाँ) कुल पुरस्कार राशि राखिएको छ, जुन पहिलो, दोस्रो र तेस्रोसँगै अन्य सहभागी टिमबीच बाडिँनेछ ।

प्रतियोगिताको विजेता टिमले चार लाख डलर (करिब पाँच करोड ३४ लाख रुपैयाँ) हात पार्नेछ भने दोस्रो हुने टिमले दुई लाख डलर (करिब दुई करोड ६७ लाख रुपैयाँ) र तेस्रो हुनेले एक लाख २० हजार डलर (करिब एक करोड ६० लाख रुपैयाँ) जित्नेछ ।

 

पछिल्लो अध्यावधिक: पुस २३, २०७९ ११:५०