close

क्लासिक टेकको एकदिने अफर, एक वर्षको नवीकरण गर्दा थप महिना १ बोनस

टेकपाना टेकपाना

पुस २४, २०७९ १६:१

क्लासिक टेकको एकदिने अफर, एक वर्षको नवीकरण गर्दा थप महिना १ बोनस

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले 'वन डे रिचार्ज' अफर ल्याएको छ । यस अफर अन्तर्गत प्रयोगकर्ताले एकमुस्ट वार्षिक नवीकरण गर्दा बोनस स्वरूप थप एक महिना इन्टरनेट प्रयोग गर्न पाउनेछन् ।

कम्पनीले हाल एक वर्षको रिचार्ज गर्दा एकदेखि दुई महिनासम्म बोनस दिँदै आएकोमा अर्को एक महिनाको लागि निःशुल्क इन्टरनेट प्रयोग गर्न सकिने अफर ल्याएको हो । अर्थात् यदि तपाईँले एक वर्षको शुल्क एकमुस्ट तिर्नु भएको छ र नियमित अफर स्वरुप एक महिना निःशुल्क इन्टरनेट पाउनु भएको छ भने यो नयाँ अफर अन्तर्गत त्यसमा थप एक महिना निःशुल्क इन्टरनेट पाउन सकिनेछ ।

आज र भोलि (पुस २४ र २५ गते) रिचार्ज गर्ने प्रयोगकर्ताले मात्र यो अफर प्राप्त गर्न सक्नेछन् । यो अफर जुनसुकै प्याकेज लिने ग्राहकका लागि मान्य हुने कम्पनीको भनाई छ । 

सोमबार साँझ सात बजेभित्र वार्षिक रिचार्ज गर्ने ग्राहकले स्वतः यो अफरको सुविधा पाउने कम्पनीले जनाएको छ । रिचार्ज गर्न डिजिटल वालेट, मोबाइल बैङ्किङ, क्लासिक टेकको एप वा नजिकैको काउन्टर प्रयोग गर्न सकिनेछ । 

पछिल्लो अध्यावधिक: पुस २४, २०७९ १६:१