close

नकारात्मक कमेन्ट गर्नेमाथि साइबर अपराधको मुद्दा हाल्ने समीक्षा अधिकारीको सङ्केत

टेकपाना टेकपाना

पुस २४, २०७९ २१:१२

नकारात्मक कमेन्ट गर्नेमाथि साइबर अपराधको मुद्दा हाल्ने समीक्षा अधिकारीको सङ्केत

काठमाडौं । गायिका समीक्षा अधिकारीले सामाजिक सञ्जालमा नकारात्मक कमेन्ट गर्ने विरुद्ध साइबर अपराधको मुद्दा हाल्ने सङ्केत दिएकी छिन् । फेसबुकमा एक पोस्ट गर्दै गायिका अधिकारीले नकारात्मक कमेन्ट जति गर्छौ गर, 'देशमा साइबर अपराधको कानून पनि छ' भन्दै चेतावनीको सङ्केत गरेकी हुन् ।

पछिल्लो समय सामाजिक सञ्जालमा गायिका अधिकारीको चरित्र हत्या गर्ने, उनी विरुद्ध नकारात्मक कमेन्ट गर्ने शिलशिला बढेको छ । विशेषगरी टिकटकमा उनको नाममा थुप्रै नक्कली अकाउन्टहरू बनाइएका छन् ।

त्यस्ता आईडीबाट अधिकारीका पुराना भिडिओ शेयर गर्दै उनलाई चोट तथा पीडा दिने कार्य भइरहेका छन् । अधिकारी कै अकाउन्टमा पनि उनलाई गाली गर्ने, चरित्र हत्या गर्ने कमेन्टहरूको बाढी नै आउने गरेको छ ।

"उनले रिपोर्ट नगर्दा पनि हामीले समस्या पहिचान गरेर मुद्दा चलाइसकेका छौँ," साइबर ब्यूरोका उपनिर्देशक एवं सूचना अधिकारी पशुपतिकुमार रायले टेकपानासँग भने ।

"आपराधिक कमेन्ट गरेको पाइएमा वा गायिका स्वयंले उजुरी गरेको खण्डमा हामी आवश्यक अनुसन्धान अगाडि बढाउछौँ ।"​ यस्तोमा विद्युतीय कारोबार ऐन २०६३ को कसुर आकर्षित हुनसक्ने रायको भनाइ छ ।

पछिल्लो अध्यावधिक: पुस २४, २०७९ २१:१२