close

इन्स्टाग्राममार्फत आधुनिक गहना बेच्ने स्टार्टअप टिसा नेपालको बुटिक स्टुडियो सञ्चालनमा

टेकपाना टेकपाना

पुस २५, २०७९ १२:१

इन्स्टाग्राममार्फत आधुनिक गहना बेच्ने स्टार्टअप टिसा नेपालको बुटिक स्टुडियो सञ्चालनमा

काठमाडौं । इन्स्टाग्राममार्फत गरगहना बिक्री गर्ने स्टार्टअप टिसा नेपालले आफ्नो बुटिक शोरुम सञ्चालनमा ल्याएको छ । नेवारी भाषाको शब्द 'टिसा' अर्थात् 'गहना' लाई प्रयोग गरेर एक वर्षदेखि अनलाइनमार्फत गरगहना बिक्री गर्दै आएको कम्पनीले हालै छाउनीमा साे शोरुम सञ्चालनमा ल्याएकाे हाे ।

''हामीले लकडाउनको समयमा यो व्यवसाय सुरु गरेका थियौं । त्यसबेला अनलाइन कारोबार मात्रै हुने गर्दथ्यो,'' कम्पनीकी सहसंस्थापक वर्षा मानन्धरले भनिन्, अब स्थानीयहरुलाई बुटिक शोरुमबाट समेत सेवा दिनेछौं ।''

कम्पनीले काठमाडौंभित्र अर्डर आएको एक दिनमै र उपत्यकाबाहिर अवस्था र समय हेरेर ग्राहकहरुको माग पूरा गर्दै आएको उनले बताइन् ।

टिसा नेपालले हाल ग्राहकहरुको माग र रुचिको आधारमा आधुनिक गरगहनाहरु तयार गर्ने र बिक्री गर्दै आएको छ भने आफ्नै डिजाइनहरुमा समेत गहना तयार गरिरहेको छ । ग्राहकलाई आधुनिक गहनाहरुको भेराइटी दिनका लागि कम्पनीले न्यूनतम ४५० रुपैयाँदेखि २० हजार रुपैयाँसम्मका गहनाहरु उपलब्ध गराउँदै आएको छ ।

पछिल्लो अध्यावधिक: पुस २५, २०७९ १२:११