close

सरकारको साझा न्यूनतम कार्यक्रमः चुनावमा विद्युतीय मतदान, विदेशमा रहेका नेपालीले भोट गर्न पाउने

टेकपाना टेकपाना

पुस २५, २०७९ १८:१३

सरकारको साझा न्यूनतम कार्यक्रमः चुनावमा विद्युतीय मतदान, विदेशमा रहेका नेपालीले भोट गर्न पाउने

काठमाडौं । सरकारले साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार सत्तारुढ दलका तर्फबाट उपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारकाे साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरे ।

यसअन्तर्गत विदेशमा बस्ने नेपालीको मताधिकार सुनिश्चित गरिने उनले बताएका छन् । ''विदेशमा बस्ने नेपालीहरूको मताधिकार सुनिश्चित गर्ने र विद्युतीय मतदान लगायतका विषयलाई समावेश गर्ने व्यवस्था सहितको एकीकृत निर्वाचन ऐन बनाइनेछ,'' उनले भने ।  

यसअघि स्थानीय तह तथा प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पनि विद्युतीय मतदानको व्यवस्था गर्ने भनिएपनि कार्यान्व्यन भएको थिएन । नयाँ सरकार बनेसँगै सत्तारूढ दलले ल्याएको साझा कार्यक्रममा विदेशमा बस्ने नेपालीहरूकाे मताधिकार सुनिश्चित गर्ने गरी निर्वाचन ऐन बनाउने विषय अटाएकाे छ ।

एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले सरकारको कामलाई मार्गदर्शन हुने गरी न्यूनतम साझा कार्यक्रम तयार पारेका हुन् ।

पछिल्लो अध्यावधिक: पुस २५, २०७९ १८:३०