close

सरकारले सूचना प्रविधिलाई आर्थिक वृद्धिको प्रमुख संवाहकको रूपमा विकास गर्ने

टेकपाना टेकपाना

पुस २५, २०७९ १९:१०

सरकारले सूचना प्रविधिलाई आर्थिक वृद्धिको प्रमुख संवाहकको रूपमा विकास गर्ने

काठमाडौं । सरकारले सूचना प्रविधिलाई आर्थिक वृद्धिको प्रमुख संवाहकको रुपमा विकास गर्ने भएको छ ।

सोमबार सत्तारुढ दलको तर्फबाट न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले यस्तो योजना सुनाएका हुन् । सूचना प्रविधिसँगै कृषि तथा वन उद्योग पर्यटन, ऊर्जा र भौतिक पूर्वाधारलाई आर्थिक वृद्धिको प्रमुख संवाहकका रूपमा विकास गर्ने उनले उल्लेख गरे ।

संघ, प्रदेश, स्थानीय तह, निजी क्षेत्र, विकास साझेदार, वित्तीय क्षेत्रसहितको सहभागितामा आगामी पाँच वर्षमा आर्थिक वृद्धिदर दुई अंकको नजिक पुर्‍याउने सरकारी योजना छ ।

पछिल्लो अध्यावधिक: पुस २५, २०७९ १९:१०