close

स्वदेश फर्कियो पब्जी विश्वकपको उपविजेता डीआरएस गेमिङ

टेकपाना टेकपाना

पुस २५, २०७९ २२:१३

स्वदेश फर्कियो पब्जी विश्वकपको उपविजेता डीआरएस गेमिङ

काठमाडौं । पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप २०२२ मा उपविजेता बन्न सफल नेपाली टिम डीआरएस गेमिङ स्वदेश फर्किएको छ । आइतबार इन्डोनेसियाको जकार्तामा सम्पन्न पीएमजीसी फाइनल प्रतिस्पर्धामा डीआरएस गेमिङले दोस्रो बन्दै इतिहास रचेको थियो ।

सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको डीआरएसलाई भव्य स्वागत गरिएको थियो । डीआरएस गेमिङले कूल १८ खेलबाट १५८ पोइन्ट ल्याएको थियाे, जसमा ७० एलिमिनेसन पोइन्ट र दुई चिकेन डिनर समावेश छन् । 

पब्जीको विश्व प्रतिस्पर्धामा उपविजेता बन्दा डीआरएसले करिब तीन करोड रुपैयाँ जितेको छ । योसँगै नेपालमा पब्जी र समग्र ई-स्पोर्टस् क्षेत्रमै खुसियाली छाएको छ । 

पीएमजीसी २०२२ को उपाधि भने कूल १९० पाेइन्टसहित टर्कीको पब्जी टिम एसटूजी ई-स्पोर्ट्सले जितेको छ ।

पछिल्लो अध्यावधिक: पुस २५, २०७९ २२:२२