close

अनलाइनबाट मतदाता नामावली सङ्कलन सुरु गर्दै निर्वाचन आयोग

टेकपाना टेकपाना

पुस २६, २०७९ ८:२६

अनलाइनबाट मतदाता नामावली सङ्कलन सुरु गर्दै निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले आउँदो माघ २ गतेदेखि मतदाता नामावली  सङ्कलन तथा अद्यावधिकको कार्य थाल्ने भएको छ । १९ साउन २०७९ मा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको मिति घोषणा भएसँगै स्थगित मतदाता नामावली सङ्कलनको कार्य पुनः सुरु हुने भएको हो ।

आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै देशका ७७ औटै जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली प्रि-इनरोलमेन्ट प्रणाली (अनलाइन) बाट सुरु गर्ने निर्णय भएको जनाएको छ । आयोगका अनुसार कुनै व्यक्तिले बाहिरी जिल्ला मतदाता नामावली सङ्कलन गर्न वा आफ्नो मतदाता नामावलीको विवरणमा रहेको त्रुटि सच्याउन चाहेमा आवश्यक प्रमाणसहित अनलाइन आवेदन दिन सक्नेछ ।

साथै विवाह वा बसाइ सरेको कारण मतदाता नामावलीमा रहेको आफ्नो ठेगाना परिवर्तन गर्न चाहेमा मतदाता नामावली ऐन २०७९ को दफा ९ अनुसार सप्रमाण विवाह दर्ता प्रमाणपत्र वा बसाइ दर्ता प्रमाणपत्रको आधारमा अनलाइन प्रणाली मार्फत सम्बन्धित निर्वाचन कार्यालयमा आवेदन दिन सकिनेछ ।

यसैगरी मतदाता नामावली ऐन २०७९ अनुसार कुनै व्यक्तिले मतदाता नामावलीमा दोहोरो नाम दर्ता नगराउन र कानून अनुसार मतदाता हुन योग्य भएका सम्पूर्ण नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ताका लागि अनलाइन मार्फत आवेदन दिनु हुन समेत आयोगले अनुरोध गरेको छ ।   

पछिल्लो अध्यावधिक: पुस २६, २०७९ ८:२७