close

पुराना भर्सनका एन्ड्रोइडका लागि नयाँ फिचर ल्याउँदै गुगल

टेकपाना टेकपाना

पुस २६, २०७९ १६:२४

पुराना भर्सनका एन्ड्रोइडका लागि नयाँ फिचर ल्याउँदै गुगल

काठमाडौं । वर्षौँदेखि अपरेटिङ सिस्टमको अपडेट प्राप्त नगरेका फोनहरूका लागि गुगलले नयाँ फिचरहरू ल्याउने भएको छ । 'एक्स्टेन्सन सफ्टवेयर डेभलपर किट' नाम दिइएको प्याकेजबाट डेभलपरले एन्ड्रोइड १२ र १२ मा सञ्चालित  मोबाइलको एपमा एन्ड्रोइड १३ को नयाँ फोटो पिकर जस्ता फिचरहरू प्रयोग गर्न सक्नेछन् ।

यो नयाँ परिवर्तनको घोषणा गर्दै प्रकाशित एक ब्लग पोस्टमा यो नयाँ फिचरले 'विद्यमान एन्ड्रोइड भर्सनमा निश्चित कार्यक्षमता विस्तार गर्ने' कुरा उल्लेख छ । यसअघि एन्ड्रोइड १३ का लागि एक्सक्लुसिभ रूपमा उपलब्ध गराइएको फोटो पिकर निकै उपयोगी रहेको छ ।

यसबाट गुगलसँग एक्सटेन्सन एसडीकेका लागि गुगलसँग निकै ठूलो योजना रहेको देखिएको छ । "यो अपडेटले एन्ड्रोइडमा प्राइभेसी स्यान्डबक्स टेस्टिङको दायरा विस्तार हुने कुरा तय गरेको छ," गुगलका एक प्रवक्ता स्कट वेस्टोभरले भनेका छन् ।

प्राइभेसी स्यान्डबक्स गुगलले विद्यमान विज्ञापन ट्र्याकिङ प्रणाली (एड-ट्र्याकिङ सिस्टम) प्रतिस्थापनको रूपमा ल्याएको प्रणाली हो, जुन अहिले प्रतिस्थापनकै क्रममा छ । कम्पनीले यो सिस्टमका लागि एन्ड्रोइड १३ मा  बेटा रोलआउट गर्ने योजना बनाइरहेको छ ।

यहाँनिर गुगलले पुराना भर्सनका एन्ड्रोइड ओएस रहेका स्मार्टफोनमा समेत प्राइभेसी स्यान्डबक्स उपलब्ध गराउने कुरा गरेको भने होइन । बरु त्यसको साटो एक्स्टेन्सन स्यान्डबक्सले नयाँ भर्सनका एन्ड्रोइडमा मुख्य ओएस अपडेट नपठाएरै प्राइभेसी स्यान्डबक्स उपलब्ध गराउने जस्तो देखिन्छ ।

यसले मुख्य अपडेट बिना नै नयाँ फिचरहरू ल्याउन सम्भव हुने र नव-प्रवर्तनलाई तीव्र गतिमा पच्छ्याउन सकिने अवस्था बनाउनेछ । 

पछिल्लो अध्यावधिक: पुस २६, २०७९ १६:२५