close

नेसनल पेमेन्ट स्विचमा जोडियो साना किसान विकास लघुवित्त वित्तीय संस्था

टेकपाना टेकपाना

पुस २८, २०७९ ८:५१

नेसनल पेमेन्ट स्विचमा जोडियो साना किसान विकास लघुवित्त वित्तीय संस्था

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले डिजिटल माध्यमबाट आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरू गर्ने भएको छ । यसका लागि संस्थाले हालै नेपाल क्लियरिङ्ग हाउससँग सम्झौता गरेको छ ।

सम्झौता पत्रमा साना किसान विकास लघुवित्तका तर्फबाट संस्थाका उपप्रमुख कार्यकारी अधिकृत डा. नवराज सिम्खडा र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि साना किसान विकास लघुवित्तले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेसनल पेमेन्ट इन्टरफेस (एनपीआई)सँग जोडी नेसनल पेमेन्ट स्वीच (एनपीएस) अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्नेछ ।

यसअन्तर्गत साना किसान विकास लघुवित्तले एनसीएचएल-आईपीएस र आरपीएस-कनेक्ट आईपीएस प्रणालीमार्फत आफ्ना बचत निक्षेप, कर्जाको किस्ता संकलन लगायतका विभिन्न संकलनका करोबारहरु तथा तलब, भेण्डर भुक्तानी, कर्जा निकासा, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानी लगायतका विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोबारहरु आफ्ना तथा लाभग्राहीहरुका बैंक खाताहरु बीच सोझै गर्न सक्नेछ ।

पछिल्लो अध्यावधिक: पुस २८, २०७९ ८:५१