close

माघ २२ मा टेलिकमको फाइभजी परीक्षण

टेकपाना टेकपाना

पुस २८, २०७९ १७:५७

माघ २२ मा टेलिकमको फाइभजी परीक्षण

काठमाडौं । नेपाल टेलिकमले आउँदो माघ २२ देखि फाइभजी परीक्षण थाल्ने भएको छ । यसअघि पुस १७ गते परीक्षण गर्ने तयारी भएपनि आवश्यक आन्तरिक परीक्षण पूरा नभएकाले टेलिकमले एक महिनापछि परीक्षण गर्न लागेकाे हाे ।

कम्पनीका प्रवक्ता शोभन अधिकारीले टेलिकमको १९औं वार्षिकोत्सवका अवसरमा सर्वसाधारणका लागि फाइभजी परीक्षणको सुरुवात गर्न लागिएको जानकारी दिए । भिभो, ह्वावे, साओमी, सामसङ लगायत ब्रान्डका स्मार्टफोनमा फाइभजी परीक्षण हुने बताइएको छ । 

बजारमा उपलब्ध फाइभजी मोबाइल सेटहरू पहिचान गरी ती सेटमा टेस्ट गरेपछि मात्रै ट्रायल सुरु गर्न लागिएकाे प्रवक्ता अधिकारीले सुनाए । कम्पनीले फाइभजी सेवाका लागि आवश्यक सिस्टम स्थापना र त्यसको परीक्षण भने यसअघि नै सम्पन्न गरिसकेको छ । 

परीक्षण सेवा अवधिभर टेलिकमका ग्राहकले निःशुल्क फाइभजी अनुभव लिन पाउनेछन् ।

पछिल्लो अध्यावधिक: पुस २८, २०७९ १८:४