close

खल्तीबाट रु. ५० को टपअप गर्दा आईफोन १४ जित्ने मौका

टेकपाना टेकपाना

पुस २९, २०७९ १४:३६

खल्तीबाट रु. ५० को टपअप गर्दा आईफोन १४ जित्ने मौका

काठमाडौं । डिजिटल वालेट खल्तीले 'खल्तीमा आईफोन १४' ल्याएको छ । यसअन्तर्गत प्रयोगकर्ताले रु. ५० को मोबाइल टपअपमा आईफोन १४ जित्न सक्नेछन् । साथै प्रयोगकर्ताले हरेक टपअपमा ५० खल्ती पोइन्ट्स प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

खल्ती एपको होमस्क्रिनमा रहेको 'खल्तीमा आइफोन १४' गई यो अफरमा सहभागी हुन सकिनेछ । ''यो अफरको सुरुवातले हामी हाम्रा प्रयोगकर्तालाई डिजिटल नेपालतर्फ थप उत्प्रेरित गर्न चाहन्छौं,'' कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय खडेकाले भने ।

यो अफरमा सहभागी हुन प्रयोगकर्ताको खल्ती अकाउन्ट केवाईसी भेरिफाइड भएको हुनुपर्नेछ । केवाईसी भेरिफाइड नभएका प्रयोगकर्ताले पनि सजिलै केही मिनेटमै केवाईसी भेरिफाइड गराएर अफरमा सहभागी हुनसक्ने कम्पनीले जनाएको छ ।

यो अफर फागुन १६ सम्म सञ्चालन हुनेछ ।

पछिल्लो अध्यावधिक: पुस २९, २०७९ १४:३६