close

कहिल्यै चार्ज नसकिने टिभीको रिमोट सार्वजनिक

टेकपाना टेकपाना

पुस २९, २०७९ २१:२०

कहिल्यै चार्ज नसकिने टिभीको रिमोट सार्वजनिक

काठमाडौं । टिभी हेर्दा हेर्दै रिमोर्टको ब्याट्री सकियो भने तपाईँ के गर्नुहुन्छ ? सायद अर्को ब्याट्री खोज्नुहुन्छ होला । तर, अन्य ब्याट्री नभएको अवस्थामा टिभी हेर्नै सकस पर्छ । यही समस्याको समाधानका लागि गुगल टिभीको आफैं चार्ज हुने ब्याट्री सार्वजनिक भएको छ ।

अमेरिकामा सम्पन्न कन्जुमर इलेक्ट्रोनिक्स शो (CES) २०२३ मा रिमोट कन्ट्रोलसँग सम्बन्धित कम्पनी टीडब्लू इलेक्ट्रोनिक्स लिमिटेडले गुगल टिभी रिमोट सार्वजनिक गरेको हो । गुगल टिभीका लागि पछिल्लो समय जुन डिजाइनको रिमोट प्रयोग भएको छ, नयाँ रिमोट पनि त्यही लेआउट र डिजाइनमा उपलब्ध छ ।

तर, त्यसमा एउटा कुरा विशेष छ, जसले उक्त ब्याट्री आफैं चार्ज हुन सघाउँछ । उक्त गुगल टिभी रिमोटमा फोटोभोल्टिक प्यानल प्रयोग भएको छ । यसले कोठाभित्रकै प्रकाशबाट ब्याट्री रिचार्ज गर्न सक्छ ।

यो प्रविधिले सोलर प्यानल जस्तै काम गर्ने कम्पनीले बताएको छ । यसअघि पनि सामसङले आफैं चार्ज हुने रिमोट ल्याइसकेको छ । तर, गुगल टिभीका लागि आफैं चार्ज हुने यो भने पहिलो रिमोट हो । कम्पनीले ट्वीटमार्फत उक्त रिमोटको जानकारी दिएको छ । तर, बजारमा उक्त रिमोट कहिले उपलब्ध हुन्छ भन्ने कुनै जानकारी छैन ।

पछिल्लो अध्यावधिक: पुस २९, २०७९ २१:२०