close

आईफोनमा कसरी बनाउने फोल्डर ?

टेकपाना टेकपाना

माघ १, २०७९ ९:५७

आईफोनमा कसरी बनाउने फोल्डर ?

काठमाडौं । कुनै एउटा फोल्डर बनाएर त्यसभित्र आफूलाई उपयुक्त लाग्ने एपहरू राख्दा फोन प्रयोग गर्न सहज हुन्छ । एउटै क्याटेगोरीका एप एउटै फोल्डरमा राख्दा आफूले खोजेकै समयमा एप भेट्टाउन सहज हुन्छ ।

कतिपय आईफोन प्रयोगकर्ता सोझै सर्चबारमा एपको नाम सर्च गर्छन् । तर, कोही एपको ग्रुपमा आफूलाई आवश्यक परेको एप खोज्छन् । आज हामी आईफोनमा फोल्डर बनाएर विभिन्न क्याटेगोरीका एप कसरी राख्ने भन्ने विषयमा जानकारी दिँदैछौँ ।

१. सबैभन्दा पहिले होम स्क्रिनमा गएर खाली स्पेसमा ट्याप गरेर केही बेर होल्ड गर्नुहोस् ।

२. जबसम्म एपको आईकनमा माइनसको चिन्ह देखिँदैन, तबसम्म होल्ड गर्नुहोस् ।

३. यति गरेपछि आफूले फोल्डरमा राख्न चाहेको एउटा एप छानेर अर्को एपमाथि छोड्नुहोस् ।

४. अनि उक्त फोल्डरमा तपाईँले चाहेका दुई ओटा एप रहन्छन् । एप रहेको बक्सभन्दा माथि अर्को बक्स रहेको हुन्छ । जहाँ आफूले फोल्डरको नाम के राख्न खोज्नु भएको छ, त्यही राख्नुहोस् ।

५. उक्त फोल्डरमा त्यसरी नै अन्य एपहरूलाई ल्याएर राख्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: माघ १, २०७९ ९:५९