close

बिग डिजिटलको अफर, शुन्य ब्याजदरमा किस्ताबन्दीमा स्मार्टफोन किन्न सकिने

टेकपाना टेकपाना

माघ २, २०७९ १२:२३

बिग डिजिटलको अफर, शुन्य ब्याजदरमा किस्ताबन्दीमा स्मार्टफोन किन्न सकिने

काठमाडौं । विद्युतीय सामग्रीको शोरुम बिग डिजिटलले शुन्य ब्याजदरमा किस्ताबन्दीमा खरिद गर्न सकिने अफर ल्याएको छ । यसअन्तर्गत आईफोन १४ सिरिज लगायत अन्य फोन किन्न सकिनेछ ।

नेपालमा महँगा फोन आधिकारिक रूपमा भित्रिन थालेसँगै बिग डिजिटलले आइतबारदेखि यो अफर  ल्याएको हो । यसअन्तर्गत शून्य रुपैयाँ डाउन पेमेन्ट गरेर आईफोन लगायत अन्य फोन खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

ग्राहकले खरिद गर्न चाहेका विभीन्न फोनको मूल्य तीन महिना वा छ महिनाभित्र बुझाउनुपर्ने हुन्छ । यो अफर एनआईसी एसिया बैंकका ग्राहकले मात्र पाउने कम्पनीको भनाइ छ ।

बिग डिजिटलका अनुसार एनआईसी एसिया बैंकको क्रेडिट कार्ड प्रयोग गरेर किस्ताबन्दीमा फोन खरिद गर्न सकिने छ । आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्स खरिद गर्ने प्रयोगकर्ताले निःशुल्क चार्जर पनि पाउनेछन् ।

 

पछिल्लो अध्यावधिक: माघ २, २०७९ १२:२३