close

मोबाइलबाट नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम तिर्दा इयरबड जित्न सकिने

टेकपाना टेकपाना

माघ ३, २०७९ १४:३६

मोबाइलबाट नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम तिर्दा इयरबड जित्न सकिने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले 'डिजिटल धमाका' अभियान सञ्चालनमा ल्याएको छ । सूचना प्रविधिको विकासक्रमसँग ग्राहक तथा अभिकर्तालाई साक्षात्कार गराउने अभिप्रायका साथ यो अभियान सञ्चालनमा ल्याइएको हो ।

माघ महिनाभर बीमा शुल्कको नवीकरण अनलाइन माध्यमबाट भुक्तानी गर्ने ग्राहकलाई विभिन्न उपहारको समेत व्यवस्था गरिएको कम्पनीले जनाएको छ । यसअन्तर्गत भुक्तानी सेवा प्रदायक खल्तीबाट बीमाको नवीकरण शुल्क भुक्तानी गर्नेमध्येबाट हरेक हप्ता एक जना विजेतालाई इयरबड प्रदान गरिने छ ।

त्यसैगरी पहिलो पटक खल्तीको प्रयोग गरी बीमा शुल्कको नवीकरण गर्ने ग्राहकलाई रु. १०० क्याशब्याक प्रदान गरिने कुरा समेत कम्पनीले जनाएको छ । 

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमाशुल्क नवीकरणका लागि ई-सेवा, खल्ती, फोनपे, कनेक्ट आईपीएस, आईएमई पे, प्रभु पे लगायतका  भुक्तानी सेवा प्रदायकसँग सम्झौता गरेको छ । 

पछिल्लो अध्यावधिक: माघ ३, २०७९ १४:३६