close

विश्वबजारमा स्मार्टफोनको आपूर्ती १० वर्ष यताकै कम

टेकपाना टेकपाना

माघ ४, २०७९ ११:३०

विश्वबजारमा स्मार्टफोनको आपूर्ती १० वर्ष यताकै कम

काठमाडौं । सन् २०२२ मा स्मार्टफोनको बजारमा पछिल्लो एक दशककै सबैभन्दा बढी गिरावट आएको छ । क्यानालिसले गरेको एक अध्ययनको रिपोर्ट अनुसार यो वर्ष विश्वबजारमा स्मार्टफोनको आपूर्ति ११ प्रतिशतले घटेको छ । यो पछिल्लो एक दशकमा भएको सबैभन्दा बढी गिरावट हो । 

सन् २०२२ मा एप्पल र सामसङको मात्र बजार हिस्सा बढेको थियो । रिपोर्टका अनुसार सो वर्षमा एप्पलको बजार १९ प्रतिशतले बढेको थियो भने सामसङको बजार २२ प्रतिशतले बढेको थियो । 

यो बाहेक अन्तर्राष्ट्रिय बजारमा धेरै स्मार्टफोन आपूर्ती गर्ने साओमी, ओप्पो, भिभो लगायतका कम्पनीहरूको बजार घटेको थियो । विश्वव्यापी रुपमा बिग्रिएको अर्थतन्त्र र आव्शयक कच्चा पदार्थको कमीको कारण पनि बजारमा माग अनुरुपको स्मार्टफोनको आपूर्ती हुन सकेन ।  

पछिल्लो अध्यावधिक: माघ ४, २०७९ ११:३०