close

चाँगुनारायण नगरपालिकामा हाम्रो पात्रोले सुरु गर्‍यो टेलिहेल्थ सेवा

टेकपाना टेकपाना

माघ ४, २०७९ १२:५०

चाँगुनारायण नगरपालिकामा हाम्रो पात्रोले सुरु गर्‍यो टेलिहेल्थ सेवा

काठमाडौं । हाम्रोपात्रो एपले भक्तपुरको चाँगुनारायण नगरपालिकामा आफ्नो टेलिहेल्थ सेवा सुरु गरेको छ । हाम्रो पात्रोको अनलाइन हेल्थ सेवा 'टेलिहेल्थ' स्थानीय सरकारका लागि सुरु भएसँगै चाँगुनारायण नगरपालिकाले यो सेवा सुरु गरेको हो ।

चाँगुनारायाण नगरपालिकाले हाम्रोपात्रो हेल्थमार्फत् नगरभित्रका वृद्धवृद्धा, फरक शारीरिक क्षमता भएका व्यक्तिहरू, विद्यालयमा अध्ययनरत बालबालिका तथा महिलाहरूका लागि नगरपालिकाभित्रका डाक्टरसँग निःशुल्क परामर्श सेवा सुरु गरेको छ ।

आज बुधबार एक समारोहबीच चाँगुनारायण नगरपालिका प्रमुख जीवन खत्रीले नगरका डाक्टर शैलेश त्वानावासुसँग स्वास्थ्य परामर्श लिएर सेवाको सुरुवात गरेका हुन् ।

“नगरपालिकाको उद्देश्य अनुसार नगरवासीहरूलाई स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने कार्यमा यस सेवाले थप बल पुर्‍याउँछ भन्ने विश्वास लिएको छु । भौगोलिक तथा यातायातको समस्या रहेको हाम्रो जस्तो नगरमा वृद्धवृद्धा बालबालिका र शारीरिकरूपमा नगर अस्पतालसम्म पुग्न गाह्रो हुने नगरवासीलाई हाम्रो पात्रोसँगको सहकार्यमा प्रदान गरिएको यस सेवाले सहज हुनेछ, ” खत्रीले बताए  ।

‘हाम्रो पात्रो हेल्थ’ले आफ्नो स्थापनाको एक वर्षभित्र तीन हजारभन्दा बढी व्यक्तिहरू र २४ विशेषज्ञताका २०० भन्दा बढी डाक्टरहरूलाई इन्टरनेट पहुँच पुगेका नेपाली गाउँ, सहर तथा प्रवासबाट जोड्न सफल भइसकेको छ उनले जनाए ।

यस सेवामार्फत् डाक्टर खोज्न, डाक्टरसँग एपोइन्टमेन्ट लिन, डाक्टरसँग परामर्श लिन, प्रेस्क्रिप्सन लिन, डाक्टरसँग फलोअप गर्न र डाक्टरलाई रिभ्यु गर्न मिल्छ ।

पछिल्लो अध्यावधिक: माघ ४, २०७९ १२:५७