close

युट्युबका कुन भिडिओमा कति डिसलाइक आयो ? यस्तो छ हेर्ने तरिका

टेकपाना टेकपाना

माघ ४, २०७९ १६:३०

युट्युबका कुन भिडिओमा कति डिसलाइक आयो ? यस्तो छ हेर्ने तरिका

काठमाडौं । युट्युब विश्व चर्चित भिडिओ शेयरिङ प्लेटफर्म हो । यसलाई गुगलपछिको दोस्रो ठूलो सर्च इन्जिन पनि भन्न मिल्छ । किनभने अहिले धेरै मानिस आफूलाई आवश्यक परेका सीप, ज्ञान, तालिम युट्युबबाट लिने गर्छन् ।

केही समयअघि युट्युबले आफ्नो प्लेटफर्मबाट डिसलाइक नम्बर हटाएको थियो । युट्युब क्रियटरलाई डिसलाइक नम्बरले कन्टेन्ट (भिडिओ सामाग्री) बनाउन निरुत्साहन गरेको एक सर्वेक्षणमा उल्लेख थियो ।

त्यसैलाई मध्यनजर गर्दै कम्पनीले युट्युबमा डिस्लाइकको सङ्ख्या हाइड गर्ने निर्णय लिएको हो । जसले गर्दा कुनै पनि युट्युबको भिडिओमा डिसलाइक नम्बर देखिँदैन । त्यसको ठाउँमा डिसलाइक लेखेको टेक्स्ट देखिन्छ ।

युट्युबको डिसलाइक बटनले केही हदसम्म प्रयोगकर्तालाई सहज पुर्‍याएको थियो भने क्रियटरलाई पनि केही सहयोग मिलेको थियो । कतिपय अवस्थामा युट्यबमा निकै महत्वपूर्ण विषय खोजी गर्दा कुनै एउटा भिडिओमा धेरै भ्युज आएको देखिन्छ ।

तर, भिडिओ हेर्दै जाँदा टाइटल एउटा भिडिओ कन्टेन्ट अर्को भएको पाइन्छ । जसले गर्दा भिडिओले हाम्रो समय अनावश्यक रूपमा खपत् गरिरहेको हुन्छ । यस्तो अवस्थमा हामी त्यसको डिसलाइक नम्बेर हेरेर सो भिडिओ उपयुक्त वा अनुपयुक्त भन्नेबारे सहजै अन्दाज लगाउन सक्थ्यौँ ।

डिसलाइक नम्बर हाइड भइसकेपछि हामीलाई सो भिडिओ उपयुक्त वा अनुपयुक्त भन्ने कुरा सो भिडिओमा आएको कमेन्टमा हेरेर अनुमान लगाउनुपर्ने हुन्छ ।

कतिपय अवस्थामा कमेन्ट पनि क्रियटरकै पक्षमा लेखिएको हुन्छ । त्यसकारण कुन भिडिओ भरपर्दो भन्ने कुरा थाहा पाउन हामीले कमेन्ट नै नियाल्नुपर्ने हुन्छ ।

क्रियटरले भने आफ्नो भिडिओमा आएको लाइक वा डिसलाइक नम्बर सहजै आफ्नो ड्यासबोर्डबाट हेर्न सक्छन् । यदि आफ्नो भिडिओमा डिसलाइक बढी भयो भने उनीहरू के कारणले डिसलाइक धेरै आएको होला भन्ने खोजेर त्यसलाई सुधार्नतर्फ लाग्छन् । त्यसले युट्युबले डिसलाइक अप्सन सधैँका लागि नहटाएर हाइड मात्र गरेको हो ।

यद्यपि हामी अन्य साइटबाट अरूको भिडिओमा लाएको लाइक, डिसलाइक वा रियल टाइम भ्युज हेर्न सक्छौं । सबैभन्दा पहिले तपाईंलाई जुन भिडिओको डिसलाइक नम्बर हेर्न मन छ त्यसको लिङ्क युट्युबबाट कपी गर्नुहोस् ।

लिङ्क कपी गरी सकेपछि यहाँ क्लिक गर्नुहोस् । क्लिक गरेपछि एउटा नयाँ पेज खुल्छ । त्यसलाई स्क्रोल गरेर तलतिर जानुहाेस् । त्यसपछि त्यहाँ विभिन्न अप्सनहरू देखिन्छन् ।

यस साइटबाट युट्युब भिडिओको डिसलाइक नम्बर मात्र नभई युट्युब च्यानलको सब्सक्राइबर, टिकटक लाइभ फलोअर, टिकटक भिडिओ लाइभ भ्यू, ट्विटरको लाइभ फलोअर लगायत अन्य साइटका थुप्रै कुराहरू हेर्न सकिन्छ ।

यसमा हामीले युट्युब भिडिओमा आएका लाइक, डिसलाइक र रियल टाइम भ्युअरबारे चर्चा गरिरहेको छौं । सो पेजमा आइसकेपछि त्यहाँ युट्युव लाइभ भ्यू काउन्टर (Youtube live View counter) भन्ने अप्सन देखिन्छ ।

त्यसमा क्लिक गर्नुभयो भने एउटा अर्को नयाँ इन्टरफेस देखिन्छ । त्यसको तल भएको सर्च बक्समा आफूले कपी गरेको युट्युब भिडिओको लिङ्क त्यसमा पेस्ट गर्न पर्ने हुन्छ ।

त्यसपछि त्यसमा भएको सर्च आइकनमा क्लिक गर्नुभयो भने सो भिडिओको थम्बनेल सहित त्यसको टाइटल देखिन्छ । हामीले सोही टाइटलमा क्लिक गर्‍यो भने सो नयाँ पेज खुल्छ । जसमा रियल टाइममा आएका लाइक, डिसलाइक र भ्युजको सङ्ख्या देखिन्छ ।

पछिल्लो अध्यावधिक: माघ ४, २०७९ १७:२५