close

खल्ती वालेटमा जोडिए २४ बढी सिनेमा हल, ५० सेकेन्डमै फिल्मको टिकेट काट्न सकिने

टेकपाना टेकपाना

माघ ५, २०७९ १६:१८

खल्ती वालेटमा जोडिए २४ बढी सिनेमा हल, ५० सेकेन्डमै फिल्मको टिकेट काट्न सकिने

काठमाडौं । खल्ती डिजिटल वालेटबाट अब २४ भन्दा बढी चलचित्र हलकाे टिकट खरिद गर्न सकिने भएकाे छ । हालै खल्ती एपमा पाँच ओटा नयाँ चलचित्र हल थपिएका छन् ।

थपिने हलमा सिटी म्याक्स सिनेमा (बागबजार, काठमाडौँ), सिटी सिनेमा (विराटनगर), केएसआर मुभिज (सिमरा), एफक्युब सिनेमा (चाबहिल, काठमाडौँ) र वन सिनेमा (कालिमाटी, काठमाडाैं) रहेका छन् ।

कम्पनीले खल्ती एपमा जाेडिएका चलचित्र हलकाे टिकट ५० सेकेन्डभित्रै खरिद गर्न सकिने जनाएकाे छ ।

''खल्तीले क्यूएफएक्स, आईएनआई जस्ता अरु प्रमुख थिएटरहरुसँग साझेदारी गरेपछि टिकट खरिद गर्ने परिभाषा बदलिँदै आएको छ । यसर्थ, एउटै एपभित्र २४ भन्दा बढी चलचित्र हलको उपलब्धताले प्रयोगकर्ताको समय र चलचित्र टिकट खरिद गर्न झन्झट कम गर्छ,'' कम्पनीले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ ।

खल्तीमा प्रयोगकर्ताहरूले हल, शो टाइम, मूल्य तुलना गर्न र प्राथमिकता अनुसार उपलब्ध उत्कृष्ट सिटहरू छनौट गर्न सक्छन् ।

“हामी खल्तीमा सक्दो धेरै हलहरू उपलब्ध गराई सजिलो बुकिङ प्लेटफर्म बनाउन लागि परेका छौँ,” खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “हामी चलचित्र हलहरुमा मात्र सीमित रहने छैनौँ, भविष्यमा प्रयोगकर्ताको सहजता र सुविधाका लागि नेपालभरबाट विभिन्न कार्यक्रम र अन्य टिकट सुविधा थप ल्याउनेछौँ ।”

पछिल्लो अध्यावधिक: माघ ५, २०७९ १६:२८