close

पोखरामा एनपीनगको तीन दिने सूचना प्रविधि कार्यशाला सुरु

टेकपाना टेकपाना

माघ ६, २०७९ ११:४१

पोखरामा एनपीनगको तीन दिने सूचना प्रविधि कार्यशाला सुरु

काठमाडौं । नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपीनग) ले आयोजना गरेको तीन दिने कार्यशाला आजबाट सुरु भएको छ । आजदेखि १० गतेसम्म पोखरामा चल्ने “npNOG-7” नामक यो कार्यशालामा नेटवर्किङ एवं सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा लागेका व्यावसायिक विज्ञहरूबाट दुई बिषयगत क्षेत्रमा तालिम सञ्चालन हुने आयोजकले बताएको छ । 

इन्टरनेट एक्सचेन्ज नेपाल र नेपाल नेटवर्क अपरेटर्स ग्रुप ले संयुक्त रुपमा सञ्चालन गर्ने उक्त कार्यशालामा 'नेटवर्क एड्मिनिस्ट्रेसन' र 'सिस्टम एड्मिनिस्ट्रेसन' विषयमा तालिम दिइनेछ । तालिममा सूचना सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत करिब ७५ जनाको सहभागिता रहेको छ । 

कार्यशालाबाट नेपालमा दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ । 

पछिल्लो अध्यावधिक: माघ ६, २०७९ ११:४१