close

एकैदिनमा कम्पनी दर्ता गर्न सरकारलाई नि:शुल्क सफ्टवेयर बनाइदिन्छु: रुद्र पाण्डे

टेकपाना टेकपाना

माघ ७, २०७९ १६:११

एकैदिनमा कम्पनी दर्ता गर्न सरकारलाई नि:शुल्क सफ्टवेयर बनाइदिन्छु: रुद्र पाण्डे

काठमाडौं । आईटी उद्यमी रुद्र पाण्डेले कम्पनी दर्ता प्रक्रियाका लागि सरकारलाई निःशुल्क सफ्टेयर बनाइदिने घोषणा गरेका छन् ।

सरकारको झन्झटिलो कानूनी प्रक्रियाबारे सामाजिक सञ्जालमा आवाज उठाउँदै आएका पाण्डेले शनिबार एक ट्वीट गर्दै एकैदिनमा कम्पनी दर्ता गर्न सकिने गरी सफ्टवेयर बनाइदिने घोषणा गरेका हुन् ।

उनले सफ्टवेयर निःशुल्क बनाइदिने र कोड सरकारलाई नै जिम्मा लगाइदिने उल्लेख गर्दै यो खबर उद्योगमन्त्रीलाई पुर्‍याइदिन अनुरोध गरे ।

ट्वीटरमा उनी लेख्छन्, ''अनलाइनबाट एक दिनमा नै कम्पनी दर्ता हुन सक्ने गरौं । म 'फ़्री' मा सफ्टवेयर बनाइदिन्छु । कोड पनि सरकारलाई जिम्मा लगाइदिन्छु । उद्योगमन्त्री कोमा यो खबर पुर्‍याइदिनु होला ।''

नेपालको सफ्टवेयर क्षेत्रमा जग हाल्ने श्रेय पाएका पाण्डेले विभिन्न आईटी कम्पनी र सामाजिक संस्था सञ्चालन गरिरहेका छन् । उनले नेपालदेखि अमेरिकासम्म आईटी व्यवसाय गरिरहेका छन् । तर नेपालमा सूचना प्रविधि क्षेत्रकाे विकासमा राज्यकाे पर्याप्त सहयाेग नपुगेकाे भन्दै उनले सामाजिक सञ्जालमार्फत लबिङ गर्दै आएका छन् ।

पछिल्लो अध्यावधिक: चैत २४, २०७९ ८:६