close

झुक्किएर कसैको फेसबुक स्टोरीमा लभ रियाक्ट गर्नुभयो ? यसरी हटाउनुहोस्

टेकपाना टेकपाना

माघ ७, २०७९ १७:२१

झुक्किएर कसैको फेसबुक स्टोरीमा लभ रियाक्ट गर्नुभयो ? यसरी हटाउनुहोस्

काठमाडौं । के तपाईँले कुनै फेसबुक साथीको स्टोरीमा झुक्किएर इमोजी रियाक्ट गर्नुभएको छ ? वा एउटा इमोजीको सट्टामा अर्को अर्थ लाग्ने इमोजी पठाउनु भएको पो छ कि ? त्यस्तो अवस्थामा के गर्नुहुन्छ ?

यदि आफ्नो रियाक्सन तत्काल हटाउन चाहनुहुन्छ भने यो सम्भव छ । फेसबुक पोस्ट वा मेसेजमा रियाक्सन हटाउन मिलेजस्तै फेसबुक स्टोरीमा पनि रियाक्सन हटाउन सकिन्छ । आज हामी यही विषयमा जानकारी दिँदैछौं:

-सबैभन्दा पहिले मोबाइलमा फेसबुक एप होल्नुहोस् ।
-अब रियाक्सन हटाउन चाहेको साथीको फेसबुक स्टोरीमा जानुहोस् ।
-त्यसपछि दायाँपट्टि माथि रहेको थ्री डट (...)मा ट्याप गर्नुहोस् । 
-अब त्यहाँ 'Undo sent reactions' अप्सनमा ट्याप गर्नुहोस् ।
-तपाईंले पठाएका रियाक्सनहरु देखिन्छन् । साथमा  'Undo all of your reactions to this story?' भनेर प्रश्न सोधिन्छ । तलपट्टि रहेकाे 'Undo' अप्सनमा ट्याप गर्नुहोस् ।
-यति गरेसँगै झुक्किएर पठाएको इमोजी तत्कालै वा सम्बन्धित फेसबुकले साथी हेर्नुअघि हटाउन सकिन्छ ।

पछिल्लो अध्यावधिक: माघ ७, २०७९ २०:२३