close

टेलिकमको सेवा प्रयोगमा कठिनाइ भए जानकारी गराउन अनुरोध

टेकपाना टेकपाना

माघ ७, २०७९ १८:२७

टेलिकमको सेवा प्रयोगमा कठिनाइ भए जानकारी गराउन अनुरोध

काठमाडौं । नेपाल टेलिकमले प्रदेश १ का आफ्ना ग्राहकलाई सेवा प्रयोगमा कठिनाइ भए जानकारी गराउन अनुरोध गरेको छ । प्रदेश १ मा अप्टिकल फाइबर केबलमा समस्या आई अवरुद्ध भएको दूरसञ्चार सेवा पुनः सञ्चालनमा ल्याइए पनि सेवा प्रयोगमा कठिनाइ भए जानकारी गराउन कम्पनीले अनुरोध गरेको हो ।

शनिबार जारी भएको कम्पनीको सूचनामा भनिएको छ, ''अप्टिकल फाइबर केबलमा समस्या आई अवरुद्ध भएका सेवाहरू सञ्चालनमा आइसकेका भएपनि कुनै स्थान विशेषमा केही सेवाहरू प्रयोगमा कठिनाइ महसुस भएमा तत्काल १९८ र १४९८ मा जानकारी गराउनुहुन आदरणीय ग्राहक महानुभावहरुमा हार्दिक अनुरोध छ ।''

साथै सेवा अवरुद्ध भएर ग्राहकमा पर्न गएको असुविधाप्रति कम्पनीले माफी मागेको छ ।

पछिल्लो अध्यावधिक: माघ ७, २०७९ १८:२७