close

च्याटजीपीटीको प्रोफेसनल भर्सनका लागि मासिक साढे पाँच हजार

टेकपाना टेकपाना

माघ ८, २०७९ १२:३

च्याटजीपीटीको प्रोफेसनल भर्सनका लागि मासिक साढे पाँच हजार

काठमाडौं । यती बेला इन्टरनेटमा च्याटजीपीटीले निकै ठूलो चर्चा बटुलिरहेको छ । एआईमा आधारित यो टुलले गुगल सर्च इन्जिनलाई नै चुनौती दिनेसक्ने आकलन गरिएको छ । ओपनएआईले तयार पारेको यो टुले सुरुमा निःशुल्क उपलब्ध भएपनि यसको प्रो भर्सन अर्थात पैसा तिर थप फिचर सहित प्रयोग गर्न सकिने भर्सन ल्याउने कम्पनीले जनाएको थियो ।

सोही अनुरूप कम्पनीले मासिक ४२ डलर अर्थात् ५ हजार ४६४ रुपैयाँमा प्रोफेसनल प्लान उपलब्ध गराएको पाइएको छ । शनिबार केही प्रयोगकर्ताले च्याटजीपीको वेब इन्टरफेसमा नयाँ प्लान सहितको अपग्रेडेड भर्सन उपलब्ध भएको भन्दै स्क्रिनसट शेयर गरेका छन् ।

केही प्रयोगकर्तालाई मात्रै उपलब्ध भएको यो भर्सनमा निःशुल्क र प्रोफेसनल गरी दुई ओटा प्लान रहेका छन् । जसमा प्रोफेसनल प्लान लिन प्रयोगकर्ताले फास्ट रिस्पोन्स, हाई डिमाण्ड भएको समयमा पनि प्रयोग गर्न सकिने र नयाँ फिचर पहुँच उपलब्ध हुने लगाएत फिचर उपलब्ध हुने जनाइएको छ ।

हाल निःशुल्क भर्सनमा धेरै प्रयोगकर्ताले एकै पटक प्रयोग गरेको खण्डमा च्याटजीपीले उपलब्ध नहुने खालको समस्या रहेको छ । तर, प्रोफेसनल मोडमा भने यो समस्या नहुने उल्लेख गरिएको छ । हुन त प्रोफेसनल मोडलको विषयमा ओपन एआई आफैले कुनै जानकारी भने दिएको छैन । 


 

पछिल्लो अध्यावधिक: माघ ८, २०७९ १२:४