close

हाई-इन्ड साउण्डबारसँगै मिभीको ७२ घण्टासम्म टिक्ने ब्याट्री भएको नेकब्याण्ड नेपाल भित्रिँदै

टेकपाना टेकपाना

माघ ८, २०७९ १७:३३

हाई-इन्ड साउण्डबारसँगै मिभीको ७२ घण्टासम्म टिक्ने ब्याट्री भएको नेकब्याण्ड नेपाल भित्रिँदै

काठमाडौंँ । नेपालका लागि मिभी ब्रान्डको आधिकारिक बिक्रेता इन्फिनिटी ग्रुपले साउण्डबार र नेकब्याण्ड अन्तर्गत नयाँ उत्पादन नेपाली बजारमा भित्र्याउने भएको छ । कम्पनीले आउँदो मङ्गलबार हाई–इन्ड साउण्डबार तथा बजेट नेकब्याण्ड भित्र्याउने तयारी थालेको हो । 

यसअघि बजारमा ल्याएका तीन हजार देखी १२ हजारसम्मका प्रोडक्टमा पाएको सफलतालाई आत्मसाथ गर्दै नयाँ प्रोडक्ट भित्र्याउन लागेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार आउँदो मङ्गलबार साउण्डबार र नेकब्याण्ड गरी कूल तीन ओटा नयाँ उत्पादन नेपाली बजारमा आउनेछन् । 

जसमा साउण्डबार अन्तर्गत ‘फोर्ट एस२००’ रहेको छ । हाई–इन्ड साउण्डबारको रुपमा भित्रिने ‘फोर्ट एस२००’ मा २०० वाटको साउण्ड आउटपुट रहेको छ ।

साथै यसमा सब–उफर समेत उपलब्ध हुनेछ । २.१ च्यानलसहितको साउण्डबारमा ब्लुटुथ ५.१ एचडीएमआई(एआरसी), यूएसबी, एयूएक्स तथा अप्टिकल जस्ता फिचर रहेका छन् ।

रिमोट कन्ट्रोल रहेको यो साउण्डबारमा मुभी, म्युजिक एण्ड न्युज गरी तीन ओटा मोड रहेका छन् । भारतमा बनेको यो साउण्डबारमा एक वर्षको वारेन्टी उपलब्ध हुने बताइएको छ । जसको बजार मूल्य २२ हजार ९९९ रुपैयाँ तोकिएको छ । 

नेकब्याण्ड अन्तर्गत कम्पनीले कोलार डी २५ र कोलार क्लासिक प्रो गरी दुई ओटा उत्पादन भित्रिने जनाएको छ । ब्लुटुथ ५.१, डुअल पेयरिङ सिस्टम, आईपीएक्स ५ वाटर रेसिस्टेन्ट, टाइप-सी पोर्ट जस्ता फिचर रहेका यी दुवै नेकब्याण्डमा एक वर्षको वारेन्टी पाउन सकिनेछ । 

एक पटकको फुल चार्जमा २४ घण्टा निरन्तर गीत सुन्न सकिने कोलार डी २५ नेकब्याण्ड १० मिनेटको चार्जमा १० घण्टासम्म चल्ने दाबी कम्पनीले गरेको छ ।  जसको बजारमा मूल्य दुई हजार २९९ रुपैयाँ तोकिएको छ ।

त्यस्तै एक पटकको फुल चार्जमा ७२ घण्टा तथा १० मिनेटको चार्जमा १० घण्टा निरन्तर गीत सुन्न सकिने कोलार क्लासिक प्रोको बजारमा मूल्य दुई हजार ५९९ रुपैयाँ राखिएको छ ।

 

पछिल्लो अध्यावधिक: मंसिर २८, २०८० १४:५