close

तपाईँले मेसेन्जरमा कसलाई ब्लक गर्नुभयो ? यसरी हेर्नुहोस्

टेकपाना टेकपाना

माघ ९, २०७९ १०:१६

तपाईँले मेसेन्जरमा कसलाई ब्लक गर्नुभयो ? यसरी हेर्नुहोस्

काठमाडौं । फेसबुकमा कसैले मेसेज गरेर वा पोस्टमा अनावश्यक प्रतिक्रिया दिएको खण्डमा त्यस्ता अकाउन्ट हामीले ब्लक गरिदिन्छौं । कतिपय अवश्थामा फेसबुकमा नभइ फेसबुक मेसेन्जरमा मात्रै पनि ब्लक गरिन्छ । यस्तोमा आज हामी यहाँ मेसेन्जरमा ब्लक गरेकाहरूको लिस्ट कसरी हेर्न सकिन्छ भन्ने विषयमा जानकारी दिँदैछौँ ।

तपाईँले मेसेन्जरमा ब्लक लिस्ट राख्नु भएका अकाउन्ट यसरी हेर्नुहोस् ।

 

- सबैभन्दा पहिले फोनमा मेसेन्जर एप खोल्नुहोस् । (याद गर्नुहोस तपाईँको मेसेन्जर एप अपडेट भएकाे हुनुपर्छ ।

-त्यसपछि तल वाँयापट्टि रहेको च्याटको अप्सनमा क्लिक गर्नुहोस् ।

 

- अनि छेउमा रहेको सेटिङको अप्सनमा क्लिक गर्नुहोस् ।

- यति गरेपछि प्राइभेसी एन्ड सेटिङको अप्सनमा क्लिक गर्नुहोस् ।

-अब  ब्लक्ड अकाउन्टमा क्लिक गर्नुहोस् । यदि त्यहाँ प्रोफाइल पिक्चर खाली छ भने त्यस्ता अकाउन्ट फेसबुकमा ब्लक गरिएको हो भन्ने बुझिन्छ । तर, उक्त अकाउन्टमा सो व्यक्तिको प्रोफाइल पिक्चर छ भने सो ब्यक्तिलाई मेसेन्जर ब्लक गरिएको हो भन्ने बुझिन्छ । कतिपय अवस्थामा तपाईँले मेसेन्जर ब्लक गरेको व्यक्तिले आफ्नो प्रोफाइल पिक्चर हटाएको हुनसक्छ । 

- साथै प्राइभेसी एन्ड सेटिङ अप्सनको 'रेस्ट्रिक्ट अकाउन्ट्स' को अप्सनमा गएर आफूले रेस्ट्रिक्ट गरेका अकाउन्टको लिस्ट हेर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: माघ ९, २०७९ १४:४७