close

कंकालको अध्ययन गर्न सघाउने वेबसाइट

टेकपाना टेकपाना

माघ ९, २०७९ ११:३२

कंकालको अध्ययन गर्न सघाउने वेबसाइट

काठमाडौं । कंकाल (अस्थिपन्जर)को मद्दतबाट हामीले कुनै पनि जीवको शरीर रचनाबारे थाहा पाउन सक्छौं । यसैका लागि अमेरिकास्थित टेक्सास विश्वविद्यालयको मानवशास्त्र विभागले स्तनधारी प्राणीका हाडहरूको अध्ययन गर्न सहज होस् भनेर ई स्केलेटन्स नामक वेबसाइट सञ्चालन गरिरहेको छ ।

यस वेबसाइट अस्थिपन्जर विज्ञानमा रुचि राख्‍नेहरुलाई निकै उपयोगी हुन्छ । हामीले विभिन्न जीवहरुको कंकाललाई डिजिटल माध्यमबाट नै अध्ययन गर्न सक्छौँ । त्यस्तै जीवमा हुने विभिन्न हाडहरूलाई तुलना गरेर अध्ययन गर्न सक्छौँ ।

हाल यस वेबसाइटमा मानव शरीरसँग मिल्ने १३ स्तनधारी जीवको कंकाल अध्ययन गर्न सकिन्छ । साथै दुईभन्दा बढी जीवहरूको हाडलाई तुलना समेत गर्न सकिन्छ ।

तपाईँ यस वेबसाइटमा जानेबित्तिकै माथिपट्टि जनावरहरुको कंकालसहित नाम देखिन्छ । 

 

माथिपट्टि देखिएको जीवमध्ये कुनै एकमा क्लिक गरेपछि अर्को पेज खुल्छ । त्यहाँ जीवको छोटो परिचयसहित कंकालका विभिन्न भागहरु देखा पर्छ । अब तपाईंले त्यहाँ आफूले चाहेको भागमा क्लिक गरेर त्यहाँ हुने विभिन्न हाडका बारेमा थाहा पाउन सक्नुहुन्छ । 

 

 

जीवहरुको हाड तुलना गर्न मेनुबक्समा भएको ‘कम्पेरेटिभ एनाटोमी’ मा क्लिक गर्नुहोस् । त्यहाँ ‘स्पेसीमेन’ बाट जीव, ‘बोन’ बाट हाडका प्रकार र ‘भ्यु’ बाट कसरी हेर्ने भन्ने कुरा चयन गर्न सकिन्छ । 

 

त्यस्तै मुख्य मेनुमा भएको ‘लेजेन्ड’बाट कुन हाड कहाँ छन् भन्ने कुरा चित्रमा हेर्न सकिन्छ । त्यहीँ त्यो हाड के हो, के काम गर्छ भन्ने कुरा पढ्न पनि सकिन्छ ।

 

साथै यस वेबसाइटबाट हाडहरूका बारेमा शब्द ज्ञान पनि थाहा पाउन सकिन्छ । अस्थिपन्जर विज्ञानबारे रुचि राख्‍नेहरूका लागि अन्य स्राेतहरू समेत यस वेबसाइटमा उपलब्ध छ ।

पछिल्लो अध्यावधिक: माघ ९, २०७९ ११:४२