close

टिकटकमा विरोध भएपछि बन्द भयो भैरहवाको 'जेल रेस्टुरेन्ट'

टेकपाना टेकपाना

माघ १०, २०७९ ९:५७

टिकटकमा विरोध भएपछि बन्द भयो भैरहवाको 'जेल रेस्टुरेन्ट'

काठमाडौं । टिकटक लगायतका सामाजिक सञ्जालमा विरोध हुन थालेपछि रूपन्देहीको भैरहवास्थित देवकोटा चोकमा रहेको 'जेल रेष्टुरेन्ट एन्ड बार' बन्द गराइएको छ । फरक शैलीको नाममा जेलको आकारमा रेस्टुरेन्ट बनाइएको र यसले समाजमा नकारात्मक असर पुगेकाे पाइएकाले रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले जानकारी दिए ।  

रेस्टुरेन्टमा आउने ग्राहकले हत्कडी लगाउने र खाजा खाने, पासोजस्ता सामग्रीबाट आत्महत्या गर्न प्रोत्साहन हुने पाइएको अर्यालले बताए । रेष्टुरेण्टबाट हत्कडी, बन्दुकजस्तो देखिने एयरगन र फासी लगाउन मिल्ने पासो जफत गरिएको छ ।

एक महिनाअघि मात्रै सञ्चालनमा आएको रेस्टुरेन्टबारे टिकटकमा आएका भिडिओ भाइरल छन् । भिडिओमा कमेन्ट गर्ने अधिकांशले यस रेस्टुरेन्टको विरोध गरेका छन् ।

पछिल्लो अध्यावधिक: माघ १०, २०७९ १०:४०