close

अनुसन्धान तथा विकासको क्षेत्रमा छुट्याइएको बजेट थोरै भयो: डा. फुयाँल

टेकपाना टेकपाना

माघ १०, २०७९ १३:५९

अनुसन्धान तथा विकासको क्षेत्रमा छुट्याइएको बजेट थोरै भयो: डा. फुयाँल

काठमाडौं । अनुसन्धान तथा विकासको क्षेत्रमा सरकारले आवश्यक बजेट खर्च गर्न नसकेको राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँलले बताएका छन् ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट)ले आयोजना गरेको 'पहिलो राष्ट्रिय नवप्रवर्तन सम्मेलन'मा बोल्दै फुयाँलले विज्ञान तथा प्रविधिको क्षेत्रमा आवश्यक अध्ययन/अनुसन्धानका लागि पर्याप्त बजेट खर्च नभएको भनाइ राखे ।

''संघीय सरकारले रिसर्च तथा डेभलपमेन्टका लागि छुट्याइएको बजेट निकै नै कम छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा जाने बजेटबाट नै अनुसन्धान तथा विकासको लागि बजेट जान्छ । तर मन्त्रालयमा जाने बजेट नै थोरै हुँदा अनुसन्धानको क्षेत्रमा बजेट जान सकेको छैन,' उनले भने ।

सरकारले सामाजिक-आर्थिक रुपान्तरण गर्न अनुसन्धान, विकास र अन्वेषणलाई प्राथमिकता दिने भनेपनि नीतिमा एकरुपता हुन नसक्दा राम्रोसँग काम अगाडि बढ्न नसकेको उनको भनाइ थियाे ।

''यो समस्या समाधानका लागि आयोगबाट एउटा अनुसन्धान निर्देशक नीति तयार गर्ने विषयमा छलफल भएको थियो । सो नीतिले कुन-कुन क्षेत्रमा कति र कस्ता अनुसन्धान गर्ने भन्ने विषयलाई नियमन गर्ने निर्णय सहित राष्ट्रिय अनुसन्धान नीति २०७८ को एउटा कार्यविधिको मस्यौदा तयार भएकाे छ,'' उनले भने ।

विज्ञान तथा नवप्रवर्तनकाे क्षेत्रमा निर्देशक नीतिसहित जाँदा नीतिहरुमा एकरुपता दिन सकिने आयोगको बुझाइ रहेको उनले बताए ।

पछिल्लो अध्यावधिक: माघ १०, २०७९ १३:५९