close

नेसनल पेमेन्ट स्विचमा जोडियो मेटलाइफ, बीमाको प्रिमियम तिर्न सजिलो हुने

टेकपाना टेकपाना

माघ १०, २०७९ १७:३५

नेसनल पेमेन्ट स्विचमा जोडियो मेटलाइफ, बीमाको प्रिमियम तिर्न सजिलो हुने

काठमाडौं । इन्स्योरेन्स कम्पनी मेटलाइफ नेपाल पनि नेसनल पेमेन्ट स्विचमा आबद्ध भएको छ । योसँगै अब मेटलाइफका ग्राहकले विद्युती माध्यममार्फत सेवाशुल्क भुक्तानी गर्नसक्ने भएका छन् ।

यो सेवाका लागि कम्पनीले हालै नेसनल क्लियरिङ हाउस लिमिटेडसँग सम्झौता गरेको हो । सम्झौतासँगै अब मेटलाइफ नेपालका ग्राहकहरूले आफ्नो बीमाको प्रिमियम भुक्तानी तिर्न तथा भुक्तानी रकम दाबी गर्नका लागि सहज हुने बताइएको छ ।

यसका साथै यसले मेटलाइफबाट हुने अन्य आर्थिक कारोबारलाई पनि स्वचालित बनाउने कम्पनीले जनाएको छ । यसले कम्पनीको अन्य तलब वितरण, भुक्तानी संकलन, व्यवसायीको भुक्तानी लगायतका आर्थिक कारोबारलाई पनि सहयोग हुने बताइएको छ ।

पछिल्लो अध्यावधिक: माघ १०, २०७९ १७:३५