close

एकैपटक सयौं कर्मचारी निकाल्दै स्पोटिफाई

टेकपाना टेकपाना

माघ १०, २०७९ २०:१६

एकैपटक सयौं कर्मचारी निकाल्दै स्पोटिफाई

काठमाडौं । स्विडेनको म्युजिक स्ट्रिमिङ कम्पनी स्पोटिफाईले एकैपटक सयाैं कर्मचारी निकाल्ने तयारी गरेकाे छ ।  विश्व बजारमा देखिएकाे आर्थिक संकटलाई मध्यनजर गर्दै कम्पनीले ६ प्रतिशत बढी कर्मचारी निकाला गर्न लागेकाे हाे ।

हाल स्पोटिफाईमा १० हजारको हाराहारीमा कर्मचारी छन् । यसको अर्थ ६०० बढी कर्मचारी कम्पनीबाट बिदाइ हुनेछन् । याे विषयमा कम्पनीले समेत पुष्टि गरेकाे छ ।

पछिल्लो केही समययता बहुराष्ट्रिय प्रविधि कम्पनीहरूले धमाधम कर्मचारी कटौती गरिरहेका छन् । अघिल्लो सातामात्रै गुगलले १२ हजार र माइक्रोसफ्टले १० हजारको हाराहारीमा कर्मचारी कटौती गर्ने निर्णय लिएका थिए ।

यसपछि स्पोटिफाईले पनि कर्मचारी कटौती गर्ने कम्पनीकाे सूचीमा थपिएकाे छ । यो सूचीमा कम्पनीका प्रमुख कन्टेन्ट तथा एड्भर्टाइजिङ बिजनेस अफिसरसमेत रहेकाे बताइएकाे छ ।

पछिल्लो अध्यावधिक: माघ १०, २०७९ २०:१६