close

'महिला व्यवसायीलाई सघाउन मोबाइल एप ल्याउँदै छौँ'

टेकपाना टेकपाना

माघ १०, २०७९ २२:९

'महिला व्यवसायीलाई सघाउन मोबाइल एप ल्याउँदै छौँ'

काठमाडौं । महिला उद्यमीहरूलाई व्यवसाय सञ्चालन गर्न सघाउने उद्देश्यसहित नयाँ मोबाइल एप विकास हुने भएको छ । नेपाल महिला उद्यमी महासंघले सम्बन्धित सरोकारवालाहरूको सहयोगमा सो एप विकास गर्न लागेको हो ।

''सामान्यतया महिलाहरूलाई व्यावसायिक ऋण पाउन गाह्रो हुन्छ,'' मंगलबार आयोजित एक कार्यक्रममा महासंघकी अध्यक्ष निरु रायमाझी खत्रीले भनिन्  ''यही समस्यालाई समाधान गर्न एप बनाउन लागेका हौं ।''

व्यवसायको आधारमा नै ऋण उपलब्ध गराउन सक्नेगरी एप ल्याइने उनले बताइन् । ''यो एपले बिजनेस प्लान गर्न, आफ्नो कारोबार गर्न, आफ्नो उत्पादन तथा बिक्रीको विषयमा विवरण राख्न लगायतका कामहरू गर्न सक्नेछ,'' उनले भनिन् ।

पछिल्लो अध्यावधिक: माघ १०, २०७९ २२:९