close

अब गुगल मिटबाटै जुम मिटिङमा सहभागी हुन सकिने

टेकपाना टेकपाना

माघ ११, २०७९ १०:४८

अब गुगल मिटबाटै जुम मिटिङमा सहभागी हुन सकिने

काठमाडौं । कोरोना महामारीले धेरै भिडिओ कन्फ्रेसिङ एपहरूको उदय भयो । ती मध्ये सबैभन्दा धेरै फाइदा र चर्चामा रहेको एप हो गुगल मिट र जुम । महामारी बिस्तारै कम हुँदै गए पनि यी एपहरूको प्रयोग भने अहिले पनि भइरहेको छ । 

मानिसहरूको काम गर्ने शैलीमा आएको परिवर्तनले यस्ता एपहरूलाई प्रोत्साहन गरिरहेको छ । आ-आफ्नो स्थानमा छुट्टै प्राथमिकता बोकेको यो दुवै कम्पनी अब भने एकै स्थानमा आउने भएको छ । गुगलले जुमसँग सहकार्य गर्ने भएको छ ।

सन् २०२२ को अक्टोबरमा नै गुगलले मिटम र जुमबीच अन्तर सञ्चालन गर्ने योजना सार्वजनिक गरेको थियो । अर्थात् प्रयोगकर्ताले गुगल मिटको मिटिङ सहजै जुमबाट अथवा जुमको मिटिङ सहजै गुगल मिटबाट प्रयोग गर्न सक्ने व्यवस्था हुनेछ ।  

यो सेवाको केही प्रयोगकर्तामाझ परीक्षण भइरहेको छ भने भोलि अर्थात् बिहीबारबाट भने सबैको लागि पनि उपलब्ध हुनेछ । यद्यपि यो सहकार्यले दिने सेवाहरू भने सीमित मात्र हुने बताइएको छ ।

प्रयोगकर्ताले एउटाको लबिबाट अर्कोको लबिमा जान मिल्ने, एकअर्काको प्लेटफर्मको फिचर प्रयोग गर्न मिल्ने अथवा सेड्युल गरेका मिटिङ कोड मार्फत जोइन गर्न मिल्ने लगायतका सेवाहरू प्रयोग गर्न मिले पनि अन्य प्रिमियम फिचरहरू भने प्रयोग गर्नको लागि भने अनुमति हुनेछैन ।   

गुगलले पछिल्लो समयमा निशुल्क रुपमा अन्य भिडिओ प्लेटफर्महरूलाई आफ्नो प्लेटफर्ममा अन्तर सञ्चालन गर्ने अनुमति दिइरहेको छ । 

पछिल्लो अध्यावधिक: माघ ११, २०७९ ११:१६