close

आत्मदाह गरेका उद्यमी आचार्यको परिवार बचाउन सामाजिक सञ्जालमा चन्दा अभियान

टेकपाना टेकपाना

माघ ११, २०७९ १३:२२

आत्मदाह गरेका उद्यमी आचार्यको परिवार बचाउन सामाजिक सञ्जालमा चन्दा अभियान

काठमाडौँ । आत्मदाह गरेका उद्यमी प्रेमप्रसाद आचार्यको परिवार बचाउन सामाजिक सञ्जालमा चन्दा अभियान सुरु भएको छ । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस राखी आचार्यले संसद भवनअगाडि आत्मदाहको प्रयास गरेका थिए ।

प्रहरीले उनको तत्कालै उद्धार गरेर कीर्तिपुरस्थित बर्न अस्पतालमा पुर्‍याएको थियो । उपचाररत आचार्यको बुधबार बिहान निधन भएको छ ।

आचार्यले आफ्नो फेसबुक अकाउन्टमा शेयर गरेको स्टाटसले अहिले थप चर्चा पाइरहेको छ । छ हजार बढी शब्दमा लेखिएको उक्त स्टाटसले धेरैलाई भावुक बनाएको छ । उनको आत्मदाहले सामाजिक सञ्जालमै तरङ्ग ल्याइदिएको छ ।

उक्त स्टाटसमा आचार्यले आफूलाई ऋण लागेको, बजारमा उधारो नउठेको, ठूला व्यापारीकाे हेपाहा प्रवृत्तिले आफ्नो व्यवसाय डुबेको उल्लेख गरेका थिए ।

आफूलाई ६० लाख बढी ऋण लागेको भन्दै आचार्यले आफ्नी श्रीमती नानुका अधिकारीको नाममा रहेको बैंक खाता र सम्पर्क माेबाइल् नम्बर पनि स्टाटसमा समावेश गरेका थिए ।

सोही स्टाटसलाई आधार मान्दै अहिले सामाजिक सञ्जालमा चन्दा अभियान सुरु भएकाे छ । त्यस्तै विदेशमा रहेका नेपालीहरूले फन्ड रेइजिङ प्लेटफर्म गाे फन्ड मी मार्फत आचार्यकाे परिवारका लागि सहयाेग रकम संकलन अभियान थालेका छन् ।

आत्मदाह प्रयास गर्नुअघि आचार्यले फेसबुक पोस्टमा लेखेका थिए, “कोही मनकारी/सहृदयी जनहरू हुनुहुन्छ भने मेरो ऋण तिर्न मेरी श्रीमतीलाई सहयोग गरिदिनुहोला । उनले पनि मेरै बाटो समाउन बेर छैन । हाम्रा २ छोरीहरू टुहुरा हुनेछन् ।

NANUKA ADHIKARI

SAVING AC 2907010001814

GLOBAL IME  BANK, NEW BANESWOR BRANCH

Contact : 9849383133” 

 

पछिल्लो अध्यावधिक: माघ ११, २०७९ १३:२८