close

४० लाख नाघ्यो आइएमई पेको डाउनलोड

टेकपाना टेकपाना

माघ ११, २०७९ २१:६

४० लाख नाघ्यो आइएमई पेको डाउनलोड

काठमाडौं । भुक्तानी सेवाप्रदायक कम्पनी आइएमई पेको एप डाउनलोड संख्या ४० लाख पुगेको छ । आइएमई ग्रुपद्वारा प्रवर्द्धित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत सञ्चालित याे वालेटले हालै यो आँकडा पार गरेको हो ।

नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्याेट  विनियमावली- २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति पाएको थियो ।  यो मोबाइल वालेटमार्फत सेवाग्राही आफैंले अथवा एजेन्टहरुको मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन ।

यसले व्यक्ति-व्यक्तिबीच हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा क्यूआर स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ ।

यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुविधा पनि दिइएको छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधाप्राप्त सर्वसाधारण 
जनतालाई वित्तीय सेवाको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान दिने लक्ष्य लिएको छ ।

२० लाखभन्दा बढी ग्राहकहरुलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरु मार्फत विद्युतीय भुक्तानी सेवा दिइरहेको कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: माघ ११, २०७९ २१:६