close

इलेक्ट्रिक ब्ल्याङ्केट प्रयोग नगर्न अन्तर्राष्ट्रिय उपभोक्ता संरक्षण समूहको आग्रह

टेकपाना टेकपाना

माघ १५, २०७९ १३:४५

इलेक्ट्रिक ब्ल्याङ्केट प्रयोग नगर्न अन्तर्राष्ट्रिय उपभोक्ता संरक्षण समूहको आग्रह

काठमाडौं । बजारमा बिक्री हुने इलेक्ट्रिक ब्ल्याङ्केट प्रयोग नगर्न उपभोक्ता अधिकारकर्मीहरूले आग्रह गरेका छन् । त्यस्ता ब्ल्याङ्केटमा प्रवाह हुने विद्युतीय सर्किटले झड्का लाग्ने तथा मानवीय शरिरमा समेत असर गर्ने भन्दै उनीहरूले आवाज उठाएका हुन् ।

पछिल्लो समय अन्तराष्ट्रिय बजारमा विद्युत जडान गरी न्यानो बनाउन सकिने खालका ब्ल्याङ्केटको बिक्री बढ्दै गएको छ । नेपालमा पनि पछिल्लो छ महिनामा एक करोड ४९ लाख ९८ हजार रुपैयाँ बराबरको इलेक्ट्रिक ब्याल्ङ्केट आयात भएको छ । 

बजारमा बढ्दो यस्ता ब्ल्याङ्केट  बिक्री गर्नु गैरकानुनीका साथै मानवीय स्वास्थ्यका लागि समेत हानीकारक रहेको बताइएको छ ।

‘सेप्रेट्ल्ली च्यारीटी इलेक्ट्रीकल सेफ्टी फर्स्ट’ नामक विद्युतीय उपभोक्ता समुहले अनलाइनमा बिक्री भइरहेका विद्युतीय ब्ल्याङ्केट अत्याधिक जोखिमपूर्ण रहेको बताएको छ । त्यो हुँदा यसका लागि सरकारले नयाँ कानुनी व्यवस्था ल्याएर उपभोक्ताको अधिकार सुनिश्चीत गर्नुपर्ने समेत माग राखेका छन् ।

उनीहरुका अनुसार अनलाइनमा बिक्रीका लागि राखिएका ११ ओटा मध्ये ९ ओटा ब्ल्याङ्केटमा विद्य्तीय झट्का आउने खालको समस्या देखिएको छ । 



 

पछिल्लो अध्यावधिक: माघ १५, २०७९ १३:४७