काठमाडौं । ललितपुर स्थित भिरिन्ची कलेजको आयोजनामा भएको तेस्रो संस्करणकाे ‘आईसीटी मेला’ सम्पन्न भएको छ ।
शुक्रबार देखि आयोजना भएको सो मेलामा कलेजका बीआईसीटी अध्ययनरत विद्यार्थीहरूले तयार गरेका सूचना तथा सञ्चार प्रविधिका परियोजनाहरू प्रदर्शनीमा राखिएका थिए ।
उक्त प्रदर्शनीमा विद्यार्थीहरूले तयार गरेको स्मार्ट हाउस सोलुसन, सेल्फ ब्यालेन्सिङ रोबोट, इन्टर्याक्टिभ होलोग्राम, फेस डिटेक्सन डिभाइस, स्मार्ट ऐना, स्मार्ट सिँचाई, स्मार्ट पार्किङ आदि रहेका थिए ।
लामा प्लस टु तहका विद्यार्थीहरु बिच आईसीटी हाजिरीजवाफ प्रतियोगिता समेत आयोजना भएको थियो । जसमा केएमसी स्कुल प्रथम र चेल्सी इन्टरनेस्नल दोस्रो भएको थियो ।
विगत ३ वर्ष देखि आयोजना गर्दै आएको मेलमा यस पटक तीन हजार भन्दा बढीले अवलोकन गरेको कलेजका एकेडेमीक कोअर्डिनेटर रोशन केसीले बताए ।