close

आज सामसङको अनप्याक्ड इभेन्ट, २०० मेगापिक्सेल क्यामेरा भएको स्मार्टफोन सार्वजनिक हुँदै

टेकपाना टेकपाना

माघ १८, २०७९ १२:५३

आज सामसङको अनप्याक्ड इभेन्ट, २०० मेगापिक्सेल क्यामेरा भएको स्मार्टफोन सार्वजनिक हुँदै

काठमाडौँ । आज बुधबार राति ११:४५ बजे सामसङको अनप्याक्ड इभेन्ट हुँदैछ । उक्त इभेन्टमा कम्पनीले बहुप्रतिक्षित सामसङ ग्यालेक्सी एस२३ सिरिजसँगै अन्य डिभाइस सार्वजनिक गर्ने बताइएकाे छ । कार्यक्रम सुरु भएपछि यहाँ क्लिक गरेर लाइभ हेर्न सकिन्छ । कार्यक्रमको टिजर हेर्न यहाँ क्लिक गर्नुहोस् ।

कम्पनीले अनप्याक्ड इभेन्टमा ग्यालेक्सी एस २३, ग्यालेक्सी जेड फोल्ड फाइभ, ग्यालेक्सी जेड फ्लिप फाइभ, ग्यालेक्सी भीआर हेडसेट, ग्यालेक्सी वाच सिक्स, सामसङ मनिटर आदि सार्वजनिक गर्ने बताइएको छ ।

 ग्यालेक्सी एस २३

सामसङले बनाएका विभिन्न स्मार्टफोनमध्ये एस२३ लाइनअपलाई अहिलेसम्मकै उत्कृष्ट फोनका रूपमा प्रस्तुत गरिएको छ । बेस, प्लस र अल्ट्रा गरी तीन फरक मोडलमा उपलब्ध हुने याे सिरिजबारे धेरै विवरण बाहिरिएका छन् ।

एस२३ को बेस तथा प्लस मोडलमा सामान्य रिफ्रेसरेट हुनेछ भने अल्ट्रामा स्तरीय रिफ्रेसरेट हुने अपेक्षा छ । साथै यी मोडलमा नयाँ प्रोसेसर, केही अपडेट गरिएको डिजाइन हुने बताइएको छ । सबैभन्दा महत्त्वपूर्ण विशेषता भनेको अल्ट्रामा कम्पनीले नै तयार पारेको आईसोसेल एचपी टु सेन्सर (ISOCELL HP1 ) प्रयोग हुनेछ, जुन २०० मेगापिक्सेलको हुने कम्पनीले जनाएको छ ।

ग्यालेक्सी जेड फोल्ड ५

कम्पनीले सार्वजनिक गर्न लागेको अर्को स्मार्टफोन हो ग्यालेक्सी जेड फोल्ड फाइभ । 'एस पेन' समावेश भएको यस फोनलाई फोन र ट्याब्लेटको हाइब्रिड रुप भनेर पनि बताइएको छ । अधिकतम विशेषता ग्यालेक्सी जेड फोल्ड फोरसँग मिले पनि सेन्सर, क्यामेरा, प्रोसेसरमा भने यो डिभाइस अब्बल रहने बताइएको छ ।

यससँगै कम्पनीले फोल्डेबल ग्यालेक्सी डिभाइस सार्वजनिक गर्ने पनि बताइएको छ । यस डिभाइसका बारेमा कम्पनीले कुनै विवरण बाहिर ल्याएको छैन । यस डिभाइसलाई फ्लेक्स हाइब्रिड नाम दिइने अपेक्षा छ ।

ग्यालेक्सी जेड फ्लिप फाइभ

गाेजीमा अटाउन सक्ने फोल्डेबल ग्यालेक्सी जेड फ्लिप फाइभ कम्पनीले सार्वजनिक गर्न लागेको अर्को फोन हो । ग्यालेक्सी जेड फ्लिप फोरकै डिजाइनमा उपलब्ध हुने यो फोनमा नयाँ प्रोसेसर, उच्च गुणस्तरको क्यामेरा, ठूलो कभर स्क्रिन हुने अपेक्षा छ ।

बाहिरिएका केही विवरणमा ग्यालेक्सी जेड फ्लिप फाइभको मूल्य भने फोर जत्तिकै रहने बताइएको छ ।

ग्यालेक्सी भीआर हेडसेट

पछिल्लो समय प्रविधि कम्पनीहरू भीआर हेडसेटमा आफूलाई अब्बल बनाउन लागि परेका छन् । आउँदो महिना एप्पलले प्लेस्टेसन भीआर टु, एचटीसी भाइभ एक्सआर र भीआर हेडसेट सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । तर, सामसङ भने भीआर हेडसेटको सन्दर्भमा त्यति सक्रिय थिएन ।

यस पटक कम्पनीले भीआर हेडसेट पनि सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

ग्यालेक्सी वाच सिक्स

सामसङले हालसम्म सार्वजनिक गर्न लागिएको स्मार्टवाचबारे धेरै जानकारी दिएको छैन । यसबारे विवरण पनि बाहिरिएका छैनन् ।

कम्पनीले यसअघि सार्वजनिक गरेको ग्यालेक्सी वाच फाइभ र फाइभ प्रोलाई हेर्ने हो भने नयाँ स्मार्टवाचमा स्तरीय सेन्सर समावेश हुने अपेक्षा छ ।

यी डिभाइसबारे थप समाचार टेकपानामा समेत प्रकाशन हुनेछ ।

पछिल्लो अध्यावधिक: माघ १८, २०७९ १३:३१