close

हरेक डिजिटल भुक्तानी प्रदायक संस्थामा इन्फरमेसन सेक्युरिटी हेर्न छुट्टै कर्मचारी

टेकपाना टेकपाना

माघ १८, २०७९ १४:३३

हरेक डिजिटल भुक्तानी प्रदायक संस्थामा इन्फरमेसन सेक्युरिटी हेर्न छुट्टै कर्मचारी

काठमाडौँ । डिजिटल भुक्तानी सेवाप्रदायकहरूले आफ्नो संस्थामा इन्फरमेसन सेक्युरिटी हेर्न अनिवार्य रुपमा छुट्टै कर्मचारी राख्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको 'भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन-२०७९' मार्फत उक्त व्यवस्था लागू गर्न सेवाप्रदायक संस्थाहरूलाई निर्देशन दिइएको छ । 

"भुक्तानी कारोबारको सुरक्षा एवम् रेखदेखका लागि संस्थाले इनफर्मेसन सेक्युरिटी अफिसरको रुपमा छुट्टै कर्मचारी तोक्नुपर्नेछ," एकीकृत निर्देशनमा भनिएकाे छ ।

साथै यस्तो कर्मचारीको काम, कर्तव्य, दायित्व र अधिकार स्पष्ट रुपमा तोकिएको हुनुपर्ने पनि निर्देशनमा उल्लेख छ ।

सूचना प्रविधिको सुशासनलाई सम्बोधन गर्न भुक्तानी सेवाप्रदायकले छुट्टै कर्मचारी राखेर काम गर्नुपर्नेमा राष्ट्र बैंकको जाेड छ ।

पछिल्लो अध्यावधिक: माघ १८, २०७९ १४:३६