काठमाडौँ । नेपाल टेलिकमको फाइबर इन्टरनेट सेवा देशका ६८ जिल्लामा विस्तार भएको छ ।
कम्पनीले तीन वर्ष अघि मात्रै यो सेवा सुरु गरेकाे भएपनि छोटो समयमा ६८ जिल्लामा पुगी सकेकाे कम्पनीका प्रबन्ध निर्देशक सुनिल पौडेलले जानकारी दिएका हुन् ।
कम्पनीको १९ औं वार्षिक उत्सवको अवसर पारेर कम्पनीले आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले कम्पनीले एउटै फाइबरबाट फोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध हुने एफटीटीएच सेवाको योजनालाई देशव्यापी विस्तार गरिरहेको जनाकारी दिए ।
उनले मुलुकका ६८ वटा जिल्लामा विस्तार गरिएको एफटीटीएच सेवा बाँकी अन्य स्थानहरूमा पुर्याउने योजना पनि अगाडि बढाइएको बताएका छन् ।