close

ईसेवा एपबाट क्यूआर स्क्यान गरी पैसा तिर्दा गर्दा आइफोन १४ जित्ने अवसर

टेकपाना टेकपाना

फागुन १८, २०७९ १६:१५

ईसेवा एपबाट क्यूआर स्क्यान गरी पैसा तिर्दा गर्दा आइफोन १४ जित्ने अवसर

काठमाडौं । भुक्तानी सेवा प्रदायक ईसेवाले ‘स्क्यान टु विन’ अफर सञ्चालनमा ल्याएको छ । यस अफरअन्तर्गत ईसेवाको मोबाइल एपमार्फत क्यूआर स्क्यान गरी रकम भुक्तानी गर्दा एक जनाले आईफोन १४ पाउनेछन् ।

यसैगरी हरेक हप्ता एक जनाले रेड्मी वाच टु लाइट प्राप्त गर्ने बताइएको छ । साथै १० हजारले एक हजारसम्मको पूर्ण क्याशब्याक सेवा प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ । यस उपहार योजनामा सहभागी ईसेवा मोबाइल एपमार्फत क्यूआर स्क्यान पे गर्नुपर्नेछ ।

कम्पनीका अनुसार साप्ताहिक पूर्ण कारोबार क्याशब्याक फिर्ता हुने १० जनाले हरेक बिहीबार ४८ घण्टाभित्र सोही रकम प्राप्त गर्नेछन् ।

यसैगरी रेड्मी वाच २ लाइट स्मार्टवाचका विजेताको पनि हरेक बिहीबार घोषणा गरिनेछ । यसैगरी ग्राण्ड प्राइज (आईफोन १४) विजेता अभियान सकिएको एक हप्ताभित्र घोषणा गरिने बताइएको छ ।

पछिल्लो अध्यावधिक: फागुन १८, २०७९ १६:२०