close

हायरका माइक्रोवेभ ओभन नेपाली बजारमा

टेकपाना टेकपाना

फागुन १९, २०७९ १३:३५

हायरका माइक्रोवेभ ओभन नेपाली बजारमा

काठमाडौं । बहुराष्ट्रिय कम्पनी हायरले नेपाली बजारमा आफ्नो नयाँ प्रडक्ट लाइनअपको रुपमा माइक्रोवेभ ओभन भित्र्याएको छ ।

बिहीबार राजधानीमा आयोजित नेपालभरका १०० बढी डिलरहरूको उपस्थितिमा हायरका माइक्रोवेभ ओभन सार्वजनिक गरिएको हो । घरायसी उपकरण (होम अप्लायेन्स) ब्रान्डको रुपमा परिचित हायरले रेफ्रिजेरेटर, वाशिङ मसिन, टेलिभिजन, चेस्ट फ्रिजर एसी, वाटर हिटर लगायका विभिन्न सामग्रीहरु बजारमा उपलब्ध गराउँदै आएको छ ।

हायरका लागि नेपालको एकमात्र आधिकारिक वितरक नियोटेक नेपालले माइक्रोवेभ ओभन सार्वजनकि गर्ने क्रममा हायर एप्लायेन्स इन्डियाका निर्देशक मोहित भेल्करले नेपालभर नै फराकिलो वितरण सञ्जाल भएको नियोटेरिक नेपालले हायरको भिजन अनुरुप नै काम गर्न सफल भएको भन्दै खुशी व्यक्त गरे ।

साथै हालसम्म प्राप्त सफलतालाई मध्यनजर गर्दै आगामी दिनमा अझै धेरै नयाँ उत्पादन नेपाली बजारमा ल्याउने योजनामा पनि उनले सुनाए ।  हायरका लागि नियोटेरिक नेपालका महाप्रबन्धक भास्कर मुनँफर्मीले नेपालमै पहिलो हायर च्यानल पार्टनर मिट २०२३ आयोजना गर्न पाउँदा आफूहरु एकदमै उत्साहित भएको बताए ।

उनले भने, “हाम्रा सम्पूर्ण डिलर, अतिथि र सहभागी सम्पूर्णलाई कार्यक्रम भव्यताका साथ सम्पन्न गर्न सहयोग गरेकोमा हार्दिक आभार प्रकट गर्न चाहन्छु ।”

पछिल्लो अध्यावधिक: फागुन २१, २०७९ १२:३८