close

एन्ड्रोइड फोनमा रंङ्गको आधारमा नोटिफिकेसन थाहा पाउन सकिने

टेकपाना टेकपाना

फागुन २८, २०७९ ९:५२

एन्ड्रोइड फोनमा रंङ्गको आधारमा नोटिफिकेसन थाहा पाउन सकिने

काठमाडौं । गुगलले एन्ड्रोइड १४ को अपडेटसँगै रङ्गकै आधारमा विभिन्न नोटिफिकेसन थाहा पाउन सकिने फिचर ल्याउने तयारी गरिरहेको छ । ‘फ्ल्याश नोटिफिकेसन’ नाम दिइएको यो फिचरले मोबाइलको फ्ल्याश प्रयोग गरेर फरक - फरक एपका फरक - फरक नोटिफिकेसनको लागि विभिन्न रंङ्ग प्रयोग गर्नेछ । 

योसँगै प्रयोगकर्ताले रंङ्गको आधारमा आफ्नो फोनमा के को नोटिफिकेसन आएको हो भनेर थाहा पाउन सक्नेछन् । 

हालै सम्पन्न भएको एन्ड्रोइड‍ १४ को सेकेन्ड डेभलपर प्रिभ्युमा याे फिचरको विषयमा चर्चा भएको थियो । यस फिचर अन्तर्गत तपाईँको मोबाइल कुनै पनि नोटिफिकेसन आउँदा एउटा फ्ल्यास आउनेछ जसमा आफूले चाहेको रङ्ग प्रयोग गर्न सकिनेछ । 

यसले गर्दा कुन एपको नोटिफिकेसन हो भनेर रङ्गको आधारमा थाहा हुने बताइएको छ । विशेषगरी यो फिचर कान कम सुन्ने प्रयोगकर्तालाई धेरै उपयोगी हुने जनाइएको छ । यसअघि केही एन्ड्रोइड फोनमा ‘नोटिफिकेसन लाइट्स’ (notification lights) फिचर उपलब्ध गराइएको थियो । 

सो फिचरमा पनि नोटिफिकेसन आउँदा फ्ल्याश आउँथ्यो । सोही फिचरलाई अपग्रेड गर्दै अब भने फ्ल्याशसँगै रंङ्ग पनि परिवर्तन हुने बताइएको हो । 

कतिपय प्रयोगकर्ताले थर्ड पार्टी एपहरू प्रयोग गरेर समेत यो फिचर प्रयोग गरिरहेका छन् । तर अब एन्ड्रोइड १४ को अपडेटसँगै प्रयोगकर्ताले यो फिचर पाउनेछन् । हाल एन्ड्रोइड १४ डेभलपर परीक्षणकै चरणमा रहेको छ ।

पछिल्लो अध्यावधिक: फागुन २८, २०७९ ९:५२