close

आजदेखि नेपालमा सुरु हुँदै आईटी तथा वैज्ञानिक अनुसन्धान सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

टेकपाना टेकपाना

फागुन २९, २०७९ ८:२६

आजदेखि नेपालमा सुरु हुँदै आईटी तथा वैज्ञानिक अनुसन्धान सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

काठमाडौं । ५५ औं एशिया प्यासिफिक एड्भान्स नेटवर्कको (एपान) अन्तर्राष्ट्रिय सम्मेलन आजबाट नेपालमा सुरु हुँदैछ । चैत ३ सम्म चल्ने यो सम्मेलन पहिलो पटक नेपालमा आयोजना हुन लागेको हो । विश्वभर फैलिएको कोभिड महामारीपछि पहिलो पटक भौतिक रुपमा यो सम्मेलन आयोजना गर्न लागिएको हो ।  

पाँच दिनसम्म चल्ने यस सम्मेलनमा ५५ ओटा भन्दा बढी सत्र सञ्चालन हुनेछन् भने १७५ भन्दा बढी प्रतिनिधिले शिक्षा, सूचना प्रविधि, वैज्ञानिक अनुसन्धान लगायतका विषयमा प्रस्तुति दिनेछन् । 

सूचना प्रविधि कार्यान्वयनका विभिन्न क्षेत्रहरू जस्तै प्रकोप व्यवस्थापन, कृषि आधुनिकीकरण, मानव स्वास्थ्य र चिकित्सकीय प्रविधि, वैज्ञानिक तथ्याङ्कहरूमा पहुँच, इन्टरनेट सुरक्षा आदि विषयवस्तुहरूमा केन्द्रित भएर सहभागीहरीबिच छलफल हुने आयोजकले जनाएको छ । 

साथै नेपालको तर्फबाट जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभाव र यसको न्युनिकरणको लागि सूचना प्रविधि र वैज्ञानिक अनुसन्धानको भूमिका सम्बन्धमा जलवायु परिवर्तन विज्ञ तथा नेपाली पर्वतारोही समेतको प्रस्तुति रहने बताइएको छ । 

सम्मेलनमा २५ देशका १८० प्रतिनिधिहरु तथा नेपालका विभिन्न विश्वविद्यालय र सूचना प्रविधि सँग सम्बन्धित संस्थाहरुवाट १५० गरि ३३० भन्दा बढि प्रतिनिधिहरूको सहभागी हुने आयोजकले जनाएको छ । 

पछिल्लो अध्यावधिक: फागुन २९, २०७९ १२:३४