close

अनलाइन मिडियालाई नियमन गर्न ऐन ल्याउँदै छौँः मन्त्री शर्मा

टेकपाना टेकपाना

फागुन ३०, २०७९ ८:४५

अनलाइन मिडियालाई नियमन गर्न ऐन ल्याउँदै छौँः मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूूचना प्रविधिमन्त्री रेखा शर्माले अनलाइन मिडियालाई चाँडै नै आमसञ्चार ऐनमार्फत सम्बोधन गर्ने तयारी भएको बताएकी छन् ।

सोमबार नारी अनलाइन पत्रिकाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले कानूनले नचिनेको अनलाइन मिडियालाई कानूनले चिन्ने बनाउन आमसञ्चार विज्ञहरूको समिति बनाएर काम थालिएको जानकारी दिइन् ।

अहिलेको समय नीति  कार्यक्रम र बजेटको समय भएकाले सूचना तथा सञ्चारमा महिलालाई कसरी जोड्न सकिन्छ भन्ने सुुझाव दिँदै उनले सञ्चार माध्यमले सकारात्मकतामा जोड दिने गरी प्रेरणादायी सामग्रीको खोजी गर्नुपर्ने सुझाव दिइन् ।

विकृति र विसङ्गतिमाथि प्रहार गरेर गलत काम गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नु नेपाली सञ्चारमाध्यमको सकारात्मक पक्ष भएपनि राम्रा कामलाई प्रेरित गर्ने पाटोलाई बलियो बनाउन मन्त्री शर्माले आग्रह गरिन् ।

-गोरखापत्र

पछिल्लो अध्यावधिक: फागुन ३०, २०७९ ८:४७